back
CTIZAN AD

पानी उमालेर मात्र पिउन चिकित्सकको सुझाव

वि.सं.२०७४ असार २५ आइतवार

966 

shares

driking water

काठमाडौँ । वर्षा लागेसँगै पानीका मुहान दूषित हुने जोखिम बढेकाले पानी उमालेर मात्र पिउन चिकित्सकले सुझाव दिएका छन् ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र र सन्जीवनी हेल्थ मिडियाले आज यहाँ आयोजना गरेको ‘महामारी रोग र स्वास्थ्य सेवा’ विषयको अन्तरक्रियामा वर्षायाममा सरुवा रोगको महामारी फैलने हुँदा पानी उमालेर मात्र पिउन आग्रह गरियो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले सिधै मुहानबाट ल्याइएको मात्र नभई किनेर ल्याइएको जारको पानी पनि उमालेर मात्र प्रयोग गर्न आग्रह गर्नुभयो । हरेक वर्ष गर्मी र वर्षातमा उपत्यकामा हैजा र झाडापखालाका बिरामीको सङ्ख्या बढ्नुको मुख्य कारण दूषित पानी भएको उहाँको भनाइ छ ।

काठमाडौँमा किनेर पिउने ५० प्रतिशत जारको पानीमा कोलीफर्म देखिएकाले किनेको पानी पनि विश्वसनीय नभएको उहाँले बताउनुभयो ।

टेकु अस्पतालका अनुसार झाडापखाला, टाइफाइड, हैजा तथा बान्ता हुने, रुघाखोकीले आउने बिरामी बढेका छन् । डा पुनका अनुसार झाडापखालासँगै उपत्यकामा करिब १६ जनामा सिगेला ब्याक्टेरिया (आँउ गराउने ब्याक्टेरिया) समेत देखिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले उपत्यकामा हैजाको जोखिम सधैँ रहेकोले हैजा, झाडापखालासँगै हेपाटाइटिस ए, टाइफाइडजस्ता सरुवा रोगको पनि खतरा रहेको बताउनुभयो ।

उपत्यकामा महामारी नियन्त्रण गर्न स्वास्थ्यसँग सम्बन्धित निकायको मात्र नभई खानेपानी संस्थानको पनि जिम्मेवारी रहेको भन्दै प्रमुख श्रेष्ठले भन्नुभयो, “खानेपानी संस्थानले शुद्ध पानी वितरण गर्नुपर्छ, जनशक्ति अभाव, औषधि, जीवनजलको अभाव भएमा हामी जवाफदेही हुनुपर्छ ।”

जिल्ला जनस्वास्थ्यका फोकल पर्सन धु्रव अधिकारीले उपत्यकाका अस्पतालमा झाडापखाला र हैजाका बिरामीको तथ्याङ्क सङ्कलन गर्न स्वास्थ्यकर्मी खटाएको जानकारी दिनुभयो । रासस

वि.सं.२०७४ असार २५ आइतवार १५:३३ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...