back

बाढी प्रभावित क्षेत्रमा सर्पदंशका बिरामी बढ्दै

वि.सं.२०७४ असार २९ बिहीवार

195 

shares
NTC AD
Global IME AD

snake

 २९ असार, राजविराज । सप्तरीका बाढी प्रभावित क्षेत्रमा एक्कासि सर्प दंशका घटनामा वृद्धि भएको छ । दुई साताको अवधिमा बाढीबाट प्रभावित क्षेत्रमा तीन दर्जनभन्दा बढी सर्पको टोकाइबाट घाइते भएका बिरामी राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना भएको बताइएको छ ।

बाढी क्षेत्रमा एक्कासि सर्पको बिगबिगी बढेपछि बाढीपीडित झन् त्रसित बनेका छन् । घरमा पानी पसेर बस्न–सुत्न र खाना खान समस्या रहेको अवस्थामा उनीहरु सर्प दंशको शिकार भइरहेकाले झन् समस्या भएको बाढीपीडितले जनाएका छन् । अहिले बाढी पसेका गाउँमा पनि सर्प दंशका घटना बढ्न थालेको पाइएको छ ।

बाढीका समस्या झेलिरहेका बाढीपीडित सर्पदंशका बढ्दो घटनाले थप त्रसित भएको बताइएको छ । तर हालसम्म सर्प दंशबाट कसैले ज्यान गुमाएको छैन अस्पतालका सिनियर अहेव जयकृष्ण गुरमैता यादवले भन्नुभयो । जिल्लाको एकमात्र सरकारी अस्पताल सगरमाथा अञ्चल अस्पतालमा आजभोलि दैनिक १० देखि १५ जना सर्प दंशका बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

आएका सर्प दंशका बिरामीमध्ये यहाँ उपचार सम्भव भएकालाई यहीँ उपचार गराइन्छ भने सम्भव नभएकालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरका विभिन्न अस्पतालमा पठाइने गरिएको अस्पताल स्रोतले जनाएको छ ।

यस्तै, बाढीग्रस्त क्षेत्रमा सर्पदंश मात्र नभई सर्प दंशसँगै ज्वरो, पखाला र रुघाखोकीका दैनिक १५ देखि २५ जना बिरामी अस्पतालमा उपचारका लागि भर्ना हुने गरेको बताइएको छ । गर्मीसँगै वर्षा बढेपछि अहिले यस्ता बिरामीको चाप झनै बढेको र अस्पतालमा एकाएक बिरामीको चाप बढेपछि अस्पतालमा श्ययाको समेत अभाव भएको अस्पतालबाट थाहाभएको छ ।

गर्मी याममा सङ्क्रमण बढिरहेकाले बिरामीको चाप बढेको र सप्तरीमा बाढी आएपछि कतिपय ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने अवस्था देखिएपनि अधिकांश ठाउँमा बिरामी त्यतिकै भौँतारिइरहेको बाढीपीडितको गुनासो छ ।

यसैबीच, सर्प दंशका घटना बढेपछि अस्पतालले एन्टी स्नेक भेनम नामक औषधि पर्याप्त मात्रामा रहेको जनाएको छ । रासस

वि.सं.२०७४ असार २९ बिहीवार ०६:०१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

खजुरा (बाँके) । बाँकेमा ‘बिहेवारी बीस वर्षपारि’ अभियानलाई सफल बनाउन...

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम...

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी...

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र...

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...