
३० असार, एजेन्सी । स्पेनिश क्लब बार्सिलोनाले पोर्चुगिज क्लब बेनेफिकाबाट व्यवसायिक फुटबल खेल्दै आएका २३ वर्षे राईट ब्याक नेल्सन सेमेडोलाई अनुबन्धन गर्ने भएको छ । गत सिजन प्रिमेरा डिभिजनमा उत्कृष्ट प्रदर्शन गरेका सेमेडोलाई बार्सिलोनाले किन्ने भएको हो । स्रोतका अनुसार दुई क्लब बीच सेमेडोको मुल्यको विषयमा समेत सहमति भईसकेको छ । वार्साले सेमेडोलाई किन्न करिब २६ मिलियन पाउन्ड बराबरको रकम खर्चेको थियो ।
सन् २०१६ मा स्टार राइृट ब्याक डानी आल्भेजले क्लब छाडेपछि बार्सिलोनाले आल्भेजको प्रतिस्थापन पाउन सकेको थिएन । गत सिजन एलेक्सिस भिडालले राम्रो प्रदशर्न गरेतापनि चोटका कारण लामो समय मैदान बाहिर रहेका थिए । जसका कारण बार्सिलोनाले च्याम्पियन्स लिग तथा लालिगामा राम्रो प्रदर्शन गर्न सकेको थिएन् । बार्सिलोनाले लामो समय देखि आर्सनलका हेक्टर बेलेरिनलाई किन्न खोजेतापनि भित्राउन नसकेपछि अन्तत सेमेडोलाई किनेको हो । डिफेन्सीभ तथा अफेन्सीभ जस्तो सुकै अवस्थामा पनि खेल्न सक्ने क्षमता भएका कारण उनलाई आल्भेजको गतिलो प्रतिस्थापनको रुपमा हेरिएको छ ।