Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

श्रीखण्ड पकेट क्षेत्र निर्माण



३० असार, दाङ । जिल्लामा श्रीखण्डको पकेट क्षेत्र बनाउन शुरु गरिएको छ । आर्थिक वर्ष २०७३÷७४ बाट जडीवुटी स्वीकृत कार्यक्रमअन्तर्गत बहुमूल्य श्रीखण्ड पकेट क्षेत्र निर्माण गर्न शुरु गरेको जिल्ला वन कार्यालयले जनाएको छ ।

पकेट क्षेत्रअनुसार यसवर्ष सात हेक्टर भू–भागमा श्रीखण्डको बिरुवा रोपिने सहायक जिल्ला वन अधिकृत हरि गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार दुई सामुदायिक वन र निजी जग्गामा गरी सात हेक्टरमा बिरुवा रोपिने छ ।

घोराही उपमहानगरपालिका–१८ को बसन्त हरियाली सामुदायिक वनको चार हेक्टरमा, देउकी सामुदायिक वन उपभोक्ता समूह सिसहनीयाको दुई हेक्टरमा र निजी जग्गाको एक हेक्टरमा बिरुवा रोपिने गौतमले जानकारी दिनुभयो ।

जिल्लामा जडीवुटी फोकल टिमको अनुसन्धान गरेर जग्गा छनोट गरेर बिरुवा रोपिएको हो । बिरुवा रोप्नका लागि कार्यालयले निःशुल्क बिरुवा उपलब्ध गराएको छ । एउटा बिरुवालाई कार्यालयले रु दुई सयमा किनेको छ ।

बिरुवा रोपेर संरक्षणका लागि प्रति हेक्टर रु ५० हजारका दरले रकम प्रदान गरिने छ ।

यसवर्ष जिल्लामा आठ हजारवटा श्रीखण्डका बिरुवा रोपिने छ । अहिले केही स्थानमा बिरुवा रोपिसकिएको छ भने केही स्थानमा रोप्नका लागि तयारी गरिएको छ । धार्मिकरुपले महत्वपूर्ण मानिने श्रीखण्ड रोप्नका लागि धेरैले माग गरेको जिल्ला वन कार्यालयले जनाएको छ ।

वन कार्यालयका अनुसार श्रीखण्डको काठ प्रतिकेजी रु ८०० मा बिक्री हुने गर्दछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

५ माघ, काठमाडौँ । होबार्ट हरिकेन्स विरुद्ध मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले १५४ रनको

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक