२ साउन, एजेन्सी । स्पेन तथा म्यानचेष्टर युनाईटेडका स्टार मिडफिल्डर एन्डर हेरेराले अहिलेको अवस्थामा रियल म्याड्रिड विश्वके शक्तिशाली टिम रहेको प्रतिक्रिया दिएका छन् । प्रि सिजन टुरका दौरान अमेरिकामा रहेका हेरेरा ले रियल म्याड्रिड विश्वकै उत्कृष्ट टिम रहेको बताएका छन् ।
नयाँ सिजनको सुरुवात हुनुपुर्व युनाईटेडले रियल म्याड्रिड सँग दुई पटक भिड्दै छ । युनाइटेड र रियलले प्रि सिजनमा इन्टरकन्टिनेन्टल चयाम्पियन्स कपको तयारी स्वरुप आगामी जुलाई २४ मा तथा युएफा सुपर कप अन्र्तगत आगामी अगस्ट ८ मा भिड्दै छ । हेरेराले आफुहरु सिजनको सुरुमा युरोपको उत्कृष्ट टिमसँग भिड्ने कुरालाई आफुहरु निकै उत्साहित भएको बताएका छन् ।
रियलले यो दुई सिजन लगातार च्याम्पियन्स लिगको उपाधि जितेको छ जुन सानो कुरा होईन । विश्वको उत्कृष्ट लगातार चयामिपयनस लिग जित्न सक्छ । विश्वको उत्कृष्ट टिमसँग खेल्न पाउने कुराले आफुहरु उत्साहित रहेको बताएका छन् । हेरेराले सकेसम्म आफुहरुले रियललाई जित्ने कोसिस गर्ने बताएका छन् ।
वि.सं.२०७४ साउन २ सोमवार ०९:२७ मा प्रकाशित
























