back
CTIZAN AD

घुम्ती शिविरबाट महिलाका समस्या बाहिर आउन थाले

वि.सं.२०७४ साउन २ सोमवार

720 

shares

२ साउन, रामपुर (पाल्पा),  । डर र लाजका कारण वर्षौदेखि विभिन्न रोगले भित्रभित्रै ग्रसित महिलाका समस्या घुम्ती स्वास्थ्य शिविरबाट बाहिर आउन थालेका छन् । स्वास्थ्य संस्था तथा क्लिनिकमा रोगबारे बताउन लाज र डर मान्ने यहाँका महिला हिजोआज गाउँघरमा सञ्चालन हुने घुम्ती स्वास्थ्य शिविरमार्फत आफ्ना समस्या बताउन सक्ने भएका छन् ।

महिलामा चेतनाको स्तर वृद्धि भएका कारण पनि खुलेर आफ्ना समस्या लिएर स्वास्थ्य संस्था, शिविरमा जान थालेपछि महिलासम्बन्धी विभिन्न समस्या बाहिर आउन थालेको हो । केही समय अघिसम्म महिलाहरु भित्रभित्रै रोगसँगै लडी लाज र डरका कारण पीडालाई लुकाउने गर्दथे ।

आफ्ना समस्या लुकाई सधँै आँशुमा बगाउन बाध्य महिला हिजोआज भने गाउँमा सञ्चालन हुने स्वास्थ्य शिविर, क्लिनिकमा खुलेरै आफ्ना समस्याको जाँच गराउन थालेका छन् । स्वास्थ्य संस्था तथा क्लिनिकमा आफ्ना समस्याबारे बताउन नचाहने र रोगसँग लडिरहेका महिलालाई लक्षित गरेर जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत जिल्लाका विभिन्न ग्रामीण स्थानमा सञ्चालन भएका घुम्ती स्वास्थ्य शिविरले ठूलो मद्दत पुगेको छ ।

कार्यालयले जिल्लाको चापपानी, छहरा र पिपलडाँडामा सञ्चालन गरेको पाठेघरसम्बन्धी घुम्ती स्वास्थ्य शिविरमा महिला नै खुलेर आफ्ना समस्या राख्न र सल्लाहका लागि आउनेको ठूलो संख्या थियो । शिविरमा महिलाको पाठेघर खस्ने (आङ् खस्ने) को समस्या तथा पाठेघरको मुखको क्यान्सर भए नभएको जाँच गरिएको छ ।

आर्थिक वर्ष २०७३÷७४ मा विभिन्न स्थानमा सञ्चालन भएको पाठेघरसम्बन्धी घुम्ती स्वास्थ्य शिविरमा ७२१ जनाको उपचार गरिएकामा नौ जनामा पोजेटिभ क्यान्सर देखा परेको पाइएको छ । ११ जनाको पाठेघरको मुखमा रिङ राखिएको छ भने ७०१ जनाको पाठेघरसम्बन्धी अन्य उपचार गरिएको कार्यालयका सूचना अधिकारी माधवप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

शिविरमा परीक्षणको क्रममा पोजेटिभ पाठेघरको क्यान्सर देखा परेका महिलालाई थप उपचारका लागि भरतपुर अस्पतालमा पठाइएको छ । पाठेघरको मुखमा रिङ राखिएका महिलालाई सम्बन्धित स्वास्थ्य संस्थाबाट रिङ बदलिरहन, खानपान र सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीको अनुरोध छ ।

कम उमेरमा बिहे गर्ने, उमेर नपुग्दै बच्चा जन्माउने, छिटोछिटो बच्चा जन्माउने, उमेर ढल्केपछि बच्चा जन्माउने, लामो समयसम्म पनि सुत्केरी ब्यथा लाग्दा पनि घरमै राख्ने, सुत्केरी अवस्थामा आराम नगर्नु, कुनै रोग लाग्दा समयमा उपचार नगर्दा महिलामा पाठेघरसम्बन्धी समस्याले सताउने गरेको सूचना अधिकारी ज्ञवाली बताउनुहुन्छ ।

पाल्पा जिल्लामा वर्षेनी महिलामा देखापर्ने पाठेघरसम्बन्धी समस्या घट्दो अवस्थामा रहेको छ । तर अझै पनि महिला यस विषयमा समाजमा बाहिर खुल्न नसकिरहेको अवस्था छ । महिलामा सुत्केरी अवस्था देखिने नै आफ्नो स्वास्थ्यको ख्याल नहुने, गर्भावस्था देखिने नै कडा परिश्रम गर्नुपर्ने बाध्यता , महिलाले डर तथा लाजका कारण श्रीमान्लाई नसुनाउने, स्वास्थ्य संस्थामा डाक्टर समक्ष पहुँच पु¥याउन समेत लाज मान्ने प्रवृत्ति महिलामा हालसम्म पनि विद्यमान रहेकै कारण गाउँगाउँमा यस्ता शिविर राखिएको हो ।

रोगसंँग लडी मनभरी पीडालाई दबाएर बसेका महिलाको समस्यालाई गाउँघरमा सञ्चालन हुने स्वास्थ्य शिविरले पनि पीडाबाट मुक्त हुने अवसर मिलेको छ ।

वि.सं.२०७४ साउन २ सोमवार १०:०७ मा प्रकाशित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...