back
CTIZAN AD

राजपा पदाधिकारी र केसको बैठक साउन तेस्रो हप्ता

वि.सं.२०७४ साउन ६ शुक्रवार

696 

shares

६ साउन, काठमाडौँ  । राष्ट्रिय जनता पार्टी नेपाल(राजपा)ले भावी रणनीति तय गर्न पदाधिकारी र केन्द्रीय समितिको बैठक यही साउन तेस्रो हप्ता बोलाएको छ ।

बिहीबार र आज(शुक्रबार)बसेको सो पार्टीको अध्यक्षमण्डलको बैठकले साउन १८ देखि २० गतेसम्म पदाधिकारी र साउन २१ देखि केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रीय कार्यसमतिको बैठकमा पार्टीसम्बद्ध वर्गीय संगठनका केन्द्रीय अध्यक्ष र पार्टी जिल्ला अध्यक्षमण्डलका अध्यक्षलाई समेत आमन्त्रित गरिने छ । आगामी असोज २ गते २ नं प्रदेशमा तय गरिएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई ध्यानमा राखी पार्टीले बैठक बोलाएको हो ।
अघिल्लो दुई चरणको निर्वाचन बहिष्कारका विषयमा सो पार्टीभित्र विवाद उत्पन्न भएको छ । राजपाका नेता हृदयेश त्रिपाठीलगायतले केन्द्रीय समितिको बैठक डाक्नुपर्ने माग राख्दै केही दिनअघि भैरहवामा पत्रकार सम्मेलन गर्नुभएको थियो । रासस

वि.सं.२०७४ साउन ६ शुक्रवार १५:०५ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

कास्की । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

सवारी दुर्घटनामा युवकको मृत्यु, एक जना घाइते

सवारी दुर्घटनामा युवकको मृत्यु, एक जना घाइते

सिद्धार्थनगर (रुपन्देही) । रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा...

को हुन् त बालेन ? जनताको रोजाइमा किन परे ?

को हुन् त बालेन ? जनताको रोजाइमा किन परे ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर तथा झापा क्षेत्र नं।–...

प्रतिनिधिसभा निर्वाचनः दुई दिनमा काठमाडौँबाट ८० हजार यात्रु बाहिरिए

प्रतिनिधिसभा निर्वाचनः दुई दिनमा काठमाडौँबाट ८० हजार यात्रु बाहिरिए

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आ–आफ्नो जिल्लातार्फ...

गोर्खामा नेपाली काँग्रेसलाई सहयोग गरेको समाचार भ्रामक : प्रलोपाका नेता श्रेष्ठ

गोर्खामा नेपाली काँग्रेसलाई सहयोग गरेको समाचार भ्रामक : प्रलोपाका नेता श्रेष्ठ

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीले गोर्खा जिल्लामा नेपाली काँग्रेसलाई सहयोग...