back
CTIZAN AD

मालपोत कार्यालयका कर्मचारी घुससहित पक्राउ

वि.सं.२०७४ साउन ७ शनिवार

669 

shares

 ७ साउन, भक्तपुर । मालपोत कार्यालयका चार कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले शुक्रबार रु ५० हजार घुस लिएको अभियोगमा शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अधिकृत चक्रबहादुर श्रेष्ठ, नासु राजकुमार घिमिरे र दिनेश रेग्मी तथा खरिदार दुर्गा पोखरेल छन् । बागेश्वरीका एक सेवाग्राहीले आफ्नै तीन आनाको दुई टुक्रा जग्गाबाट भित्र रहेको अर्को जग्गामा जानका लागि बाटो राखी प्लट मिलान गर्नका लागि सबै प्रक्रिया पु¥याई निवेदन दिएकामा अधिकृत श्रेष्ठले गलत नियतले दुःख दिन थालेपछि सेवाग्राहीले आयोगमा उजुरी दिएको थियो ।

सोही उजुरीका आधारमा आयोगको टोलीले कर्मचारीलाई ‘घुस रकम’सहित मध्यपुरथिमि–३ कौशलटारस्थित वेभ सेकुवा कर्नरबाट शुक्रबार साँझ ७ बजे पक्राउ गरेको हो ।

अधिकृत श्रेष्ठले सेवाग्राहीबाट रु ५० हजार लिएसँगै वेभ सेकुवा कर्नरमै जग्गाधनी पुर्जा सेवाग्राहीलाई दिएको र त्यसलगत्तै उनीहरुलाई आयोग टोलीले नियन्त्रणमा लिएको हो । अभियुक्त चारै जनालाई आयोगको नियन्त्रणमा राखिएको र थप अनुसन्धान भइरहेको जनाइएको छ ।

वि.सं.२०७४ साउन ७ शनिवार ०३:५८ मा प्रकाशित

को हुन् त बालेन ? जनताको रोजाइमा किन परे ?

को हुन् त बालेन ? जनताको रोजाइमा किन परे ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर तथा झापा क्षेत्र नं।–...

प्रतिनिधिसभा निर्वाचनः दुई दिनमा काठमाडौँबाट ८० हजार यात्रु बाहिरिए

प्रतिनिधिसभा निर्वाचनः दुई दिनमा काठमाडौँबाट ८० हजार यात्रु बाहिरिए

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आ–आफ्नो जिल्लातार्फ...

गोर्खामा नेपाली काँग्रेसलाई सहयोग गरेको समाचार भ्रामक : प्रलोपाका नेता श्रेष्ठ

गोर्खामा नेपाली काँग्रेसलाई सहयोग गरेको समाचार भ्रामक : प्रलोपाका नेता श्रेष्ठ

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीले गोर्खा जिल्लामा नेपाली काँग्रेसलाई सहयोग...

विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था

विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था

काठमाडौँ । मध्यपूर्वमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान रद्द...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

नेता खड्काद्वारा पार्टीका पक्षमा मतदान गर्न आह्वान

नेता खड्काद्वारा पार्टीका पक्षमा मतदान गर्न आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीका पक्षमा मतदान...