back
CTIZAN AD

नेपाली समाज ओमानको महाधिबेशन २८ जुलाइमा हुँदै

वि.सं.२०७४ साउन ८ आइतवार

861 

shares

पशुपति जि.सी, ओमान मस्कट । ओमानभरी छरिएका प्रवासी नेपालीहरुलाई पहिलोपटक एकीकृत गर्दै प्रवासमा आईपर्ने समस्याहरुको समाधान गर्न लागिपरेको प्रवासी नेपाली हरुको साझा संगठन नेपाली समाज ओमनको सातौं महाधिवेशन यहीँ आउँदो जुलाई २८ तारिख शुक्रबारको दिन हुन लागेको छ ।
१४ बर्ष लामो ईतिहास बोकेको उक्त संगठनले बिगतमा ओमान स्थित प्रवासी नेपाली हरुको बिचमा र मातृभूमी नेपालमा समेत विभिन्न प्रकारले सामाजिक कार्यहरुमा उल्लेखनीय योगदान पूर्याएको छ । हाल नेपाली समाज ओमानको नेतृत्व ईच्छा राईले गर्नुभएको र आफ्नो कार्यकाल नदोहोराउने कुरा बाहिर आएको छ भने, ओमानमा प्रवासी नेपालीहरुबीच चिर परिचित र सामाजिक कार्यमा सधै अग्रणी भूमिका निर्बाह गर्ने ब्यक्तित्व युगेश बानु राई यो अधिबेशनबाट नयाँ नेतृत्व मा आउने अनुमान ओमान स्थित प्रवासी नेपालीहरुको छ ।
निर्वाचन समितिका संयोजक तोलाकान्त भट्टराईले दिनुभएको जानकारी अनुसार उम्मेदवारीमा दर्ता प्रक्रिया पूरा भैसकेको छ । नेपाली समाज ओमानले पनि एक अपिल जारी गरि सातौ अधिबेशन मा ओमान स्थित नेपाली हरुलाई उपस्थितिको लागि अनुरोध गरेको छ ।

वि.सं.२०७४ साउन ८ आइतवार ०९:०९ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...