back
CTIZAN AD

ठग्नेलाई कारबाही गर्न सघाउँदै जापानका नेपाली

वि.सं.२०७४ साउन ११ बुधवार

741 

shares

११ साउन, टोकियो (जापान)। आकर्षक रोजगारीको प्रलोभनमा पारी रु एक करोड ९४ लाख रकम कुम्ल्याएर जापान बस्दै आएका कास्की पुरञ्चौर–३ का गोविन्दप्रसाद तिवारीलाई कारबाहीमा सघाउने भन्दै जापानवासी नेपालीले खोजी कार्यलाई तीव्रता दिएका छन् ।

उनीहरु तिवारी बस्दै आएको स्थानसम्म धेरैपटक पुगेर पनि भेट्न सकेनन् । लगातारको प्रयासपछि दुई साताअघि कामबाट फर्कँदै गर्दा नियन्त्रणमा लिएर जापान प्रहरीलाई बुझाएका थिए ।

रोजगारीका लागि जापान लाने भन्दै ठगेको समाचारका आधारमा तिवारीलाई कारबाहीका लागि सघाउने भन्दै जापानवासी नेपाली खोजी कार्यमा लागेका हुन् । आवश्यक प्रमाण नभएको भन्दै जापान प्रहरीले छाडेदेखि लुक्दै आएका तिवारीले गोरखाकी अमृता ढकालसहित बहिनी र परिवारका पाँचजनालाई जापानमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै पटकपटक गरी रु ३१ लाख लिएर जापानमा बेपत्ता भएपछि घटना सार्वजनिक भएको हो ।

ढकालसहित देवीप्रसाद दाहाल, किशोर शर्मा, सञ्जय सापकोटा र पुरुषोत्तम सापकोटालगायतका २३ जनाबाट रु एक करोड ९४ लाख ठगेर तिवारी घरपरिवार तथा आफन्तको सम्पर्क बाहिर छन् ।

पीडितका अनुसार तिवारीले काममा लगाएबापत रु तीनलाखदेखि पाँच लाखसम्म मासिक कमाउन सकिने आश्वासनमा बर्दियाका प्रशान्त भट्टराई, पोखराका तिलकराज सुवेदी, काठमाडौँका अमर घर्तिमगर, तनहुँकी रेखा घिमिरेलगायतका व्यक्तिमार्फत रकम उठाएर जापानमा लुकेर बस्दै आएका छन् ।

घटनालाई नजिकबाट नियाल्दै आएका टोकियोका व्यवसायी सरोजकुमार खत्रीले जापानमा भएका आफन्त र नजिकका साथीभाइसम्म सम्पर्क गर्दै दिनहँुजसो तिवारी बस्दै आएको स्थानमा पुगेपनि कयौँ पटकको प्रयास असफल भएको बताए ।

तिवारीले जापानी भाषाको फेसबुकमार्फत सम्पर्क गर्दै तोचिगी र इवाराकीलगायतका क्षेत्रमा काममा जाने गरेको थाहा भएपनि वास्तविक अवस्था खुल्न नसकेका कारण सो स्थानसम्म पुग्न नसकिएको चार वर्षदेखि तोचिगीमा बस्दै आएका कृष्ण अधिकारीले जानकारी दिनुभयो ।

घटना सार्वजनिक हुनुअघिसम्म टोकियो नजिकैको योकोहामा सहरमा बस्दै आएका तिवारीका नाममा जारी राहदानी समेत प्रयोग गर्न नसक्ने बनाइएको र व्यावसायिक प्रवेशाज्ञाको अवधि भएपनि बीचमै रद्द गरी शरणार्थी भएर बसेका कारण जापान प्रहरीले आधिकारिकता खोज्दै आएको थियो ।

आधिकारिकरुपमा प्रमाण नरहेको भन्दै प्रहरीले छाडेपछि यहाँका नेपालीले सम्भावित स्थानमा खोजीकार्य जारी राखेका छन् । उनीहरुले पीडितलाई न्याय दिलाउन सघाउने भन्दै खोजी कार्यलाई निरन्तरता दिएका छन् ।

यसैबीच, नेपाल प्रहरीले इन्टरपोलमार्फत तिवारीलाई ठगी आरोपमा पक्राउ गर्न जापान प्रहरीलाई पत्राचार गरेपछि अनुसन्धान कार्य जारी राखेकाले छिट्टै पक्राउ पर्ने जापानस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।

पीडितको उजुरीका आधारमा नेपाल प्रहरीले पक्राउका लागि जापानस्थित नेपाली राजदूतावासलाई पनि पत्राचार गरेपनि कारबाही प्रक्रिया ढिलो भएको भन्दै योकोहामाका नेपालीले जापान प्रहरीलाई प्रक्रिया छिटोछरितो गर्न दबाब दिँदै आएका छन् ।

उता ठगी काण्डमा पीडितबाट रकम लिएकोे उजुरीका आधारमा काठमाडाँैका सुदर्शन मल्लको घर जग्गा वैदेशिक रोजगार विभागले रोक्का गरेपछि गत आइतबार मल्ल परिवारले जापानबाट घटनामा जानेर संलग्नता नभएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ जापान शाखाका पूर्वअध्यक्ष समेत रहेका तिलक मल्लले तिवारीले फसाउन खोजेको भन्दै वैधानिक तरिकाबाट आएको रकम प्रहरी प्रशासनलाई नभई पीडितलाई वितरण गर्दै जाने जनाएका छन् । रासस

वि.सं.२०७४ साउन ११ बुधवार ०७:०४ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...