back
CTIZAN AD

यसरी बच्नुहोस् नकरात्मक सोँच आउनबाट

वि.सं.२०७४ साउन १४ शनिवार

873 

shares

dont think bad

धेरै नसोच्नुहोस् –तपार्ई चाहिने भन्दा बढी सोच्नबाट बच्नुहोस् । यसलाई मेडिकल भाषामा ‘रियूमिनेटर’ भनिन्छ । तपार्ई आफैभित्रबाट भएको तनावका कारण समस्या भएको भनेर स्वीकार गर्नुहुन्छ भने समस्याबाट बाहिर आउन सक्नुहुन्छ । यदि तपाई हरेक समय सोचिरहनु हुन्छ, कसैको जिन्दगीको पनि विश्लेषण गर्नुहुन्छ, आफैलाई ओभर थिंकर भएको स्वीकार गर्नुहुन्छ भने यस्तो विश्लेषणबाट आफैलाई बचाउन सक्नुहुन्छ ।
आफूलाई माफ गर्नुहोस् –गल्ति सबैबाट हुन्छ । समय र परिस्थिति अनुसार व्यक्ति हारेको हुन्छ । समाजका अगाडि गिरेको पनि हुन्छ । यदि तपाई हार्र्नुभएको छ, गल्ति गर्नुभएको छ भने यसलाई सहजरुपमा लिनुहोस् । त्यसलाई आफ्नो जिन्दगीको अन्तिम नठान्नुहोस् र त्यो सबैभन्दा ठूलो गल्ति हो भनेर निराश नहुनुहोस् । जिन्दगी धेरै महत्वपूर्ण छ । जिन्दगीमा अगाडि बढ्दै जाँदा गल्ती हुन्छन् । गल्तिबाट राम्रो पाठ सिकेर अगाडि बढ्नुहोस् । आफूलाई माफ गर्नुहोस् । यदि आफैलाई माफ गर्ने बानी बसाल्नु भयो भने मन हल्का हुन्छ र जीवनमा अगाडि बढ्न सहज हुन्छ ।
आफैसँग कुरा नगर्नुहोस्-बढी सोच्ने व्यक्तिमा सधै यहि समस्या हुन्छ, उनीहरू जहाँ पुगेपनि तनाबमा हुन्छन् । आफैसँग कुरा गर्छन् । उनीहरू एक्लै कुरा गर्छन् । एक्लै कुरा गर्दै जाँदा उनीहरू कुनै पनि कुराको गहिराइमा पुग्छन् । उनीहरू बिर्सन्छन की आफूले आफैसँग कुरा गरिरहको छु भन्ने । त्यसकारण आफैसँग कुरा गर्ने बानी छाड्नुहोस् । त्यस्तो अवस्थामा साथीसँग कुरा गर्नु अति राम्रो हुन्छ । तर जति जरुरी हुन्छ त्यति मात्र कुरा गर्ने । धेरै कुरा र नचाहिने फाल्तु कुरा गर्नबाट बच्नुहोस् । आफूलाई काममा व्यस्त राख्नुहोस् । यात्रामा निस्कने बानी बनाउनुहोस् । साथै टिभी हेर्ने, गीत सुन्ने र साथीहरूसँग कुरा गर्नु सबैभन्दा राम्रो हुन्छ ।
दिमाग शान्त राख्नुहोस् –सदैव यो कोशिष गर्नुहोस् की दिमाग शान्त रहोस् । जो मानिस धेरै सोच्ने गर्छन् उनीहरूको दिमाग शान्त रहँदैन । उनीहरूको दिमागमा सधै हलचल भइरहन्छ । धेरै सोच्ने कारण नै टाउको दुख्ने, निराश हुने, डिप्रेशन जस्ता समस्याबाट घेरिइरहेका हुन्छन् । त्यसकारण सबैभन्दा राम्रो दिमाग शान्त राख्नुनै हो । यदि केही नराम्रो कुरा मनमा खेलिरह्यो भने त्यसलाई तुरुन्त हटाउने सोच्नुहोस् । त्यो पनि भएन भने घरबाट बाहिर निस्कनुहोस र केही समय हिडेर फर्कनुहोस् ।
समस्यालाई बा“ड्नुहोस्-यदि तपाईले आफैले गरेका गल्तिहरूबाट आफैलाई माफ दिन सक्नुभएको छैन भने, समस्या अरुसँग सेयर गर्नुहोस् । मनमा समस्या रहिरह्यो भने त्यसले विकराल रुप लिनेर र आकार पनि ठूलो बन्दै जान्छ । यस्ता समस्या साथीसँग बाँड्नु भयो भने त्यसको रुप पनि कम हुने र आकार पनि सानो हुन्छ । र तपाईको समस्या पनि घट्दै जान्छ ।
सो“च परिवर्तन गर्नुहोस् -हामी जस्तो सोच्छौ हाम्रो संसार पनि त्यस्तै हुन्छ । त्यसकारण हाम्रो सोँच परिवर्तन गरेनौं भने यसले सधैभरी तनाव दिन्छ । सधै आफूलाई दोष दिइरहन्छौं । हाम्रो गल्ति नहुँदा पनि आफूलाई दोषि मानिरहन्छौं । त्यसकारण सोच परिवर्तन गर्नुहोस् र बढी सोच्नबाट बच्नुहोस् ।

वि.सं.२०७४ साउन १४ शनिवार ०८:५५ मा प्रकाशित

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका...