back
CTIZAN AD

बेपत्ता तीनजनाको शव फेला

वि.सं.२०७४ साउन २४ मंगलवार

648 

shares

२४ साउन, रसुवा  । पहिरोमा परी बेपत्ता भएका तीनजनाको शव आज फेला परेको छ ।

उत्तरगंगा गाउँपालिकाको पहिलेवेसीमा सोमबार गएको पहिरोमा पुरिएर बेपत्ता भएका स्थानीय मुना थापामगर, रवीन्द्र थापामगर र भक्तबहादुर नागरकोटीको शव आज फेला परेको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिनुभयो । मृतकमध्ये नगरकोटी तत्कालीन जिल्ला पञ्चायतका उपसभापति हुन् ।

यसैगरी आज बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले पहिरो गएको क्षेत्र पहिलेवेसीबाट अन्यत्र सारिएका ४० घरपरिवारलाई बत्ती, पानी, खाद्यन्न, भाँडाकुडालगातय आधारभूत वस्तुको व्यवस्था मिलाउन जिल्लामा कार्यरत सरकारी एवं गैरसरकारी निकायलाई आग्रह गरेको छ ।

चीनद्वारा खाद्यन्न सहयोग  

यसैबीच जिल्लामा घटेको दैवी प्रकोपको घटना र सम्भावित विपद्लाई मध्यनजर राखी चीनको केरुङका अधिकारीले आज रसुवालाई खाद्य सामग्री हस्तान्तरण गरेका छन् ।

प्रजिअ न्यौपानेका अनुसार चीनले २० बोरा चामल र केही प्याकिङ गरिएको खाद्य समाग्री उपलब्ध गराएको हो । प्राप्त खाद्य सामग्री आवश्यकता बमोजिम विपद्मा परेका स्थानमा वितरण गरिनेछ । रासस

वि.सं.२०७४ साउन २४ मंगलवार १४:४९ मा प्रकाशित

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २...

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक...

दाङमा साढे १० हजार बढी मत बदर

दाङमा साढे १० हजार बढी मत बदर

दाङ । दाङमा साढे १० हजार बढी मत बदर भएको...

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट...

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्ला । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना...

नेप्से परिसूचकमा सकारात्मक सर्किट

नेप्से परिसूचकमा सकारात्मक सर्किट

काठमाडौँ । प्रतिनिधिसभा सदश्य निर्वाचनपछि पहिलो दिन खुलेको नेपाल स्टक...