back
CTIZAN AD

विमान अपहरणसम्बन्धी तयार गरिएको वृत्तचित्र प्रदर्शन

वि.सं.२०७४ साउन २६ बिहीवार

861 

shares

२६ साउन, काठमाडौँ  । राजनीतिक महत्व बोकेको विमान अपहरणको घटनालाई समेटेर तयार पारिएको ‘प्रजातन्त्रका लागि अपहरण’ वृत्तचित्र सार्वजनिक भएको छ ।

पत्रकार जगत नेपालद्वारा निर्देशन गरिएको वृत्तचित्र आज नेपाल पर्यटन बोर्डमा प्रदर्शन गरिएको हो ।

विसं २०३० जेठ २८ मा विराटनगरबाट नेपाल राष्ट्र बैंकको ३० लाख भारतीय रुपैयाँ बोकेर काठमाडौँ आउँदै गरेको तात्कालिन शाही नेपाल वायु सेवा निगमको विमान नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको योजनामा अपहरण गरेर भारतको फारविसगञ्जको घाँसे मैदानमा पु¥याइएको थियो ।

अपहरणमा संलग्न कोइरालासँगै दुर्गा सुवेदी, वसन्त भट्टराई, नगेन्द्र ढुंगेल हुनुहुन्थ्यो ।

वृत्तचित्र प्रदर्शनका क्रममा पत्रकार नेपालले विमान अपहरण एशियाकै पहिलो अपहरण भएको बताउनुभयो । उहाँले वृत्तचित्र नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभूमिमा निर्माण भएको स्पष्ट पार्नुभयो ।

वृत्तचित्र हेरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक अभावमा पार्टी सञ्चालनका लागि काँग्रेसले विमान अपहरण गर्न बाध्य भएको बताउनुभयो । उहाँले यसलाई वृत्तचित्रमात्र नभई चलचित्रका रुपमा निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

काँग्रेस नेता गगन थापाले प्रजातन्त्र प्राप्तिका लागि काँग्रेसले गरेको योगदानलाई वृत्तचित्रले समेटेको चर्चा गर्दै आम कार्यकर्तालाई यसबारे जानकारी दिनु जरुरी रहेको बताउनुभयो ।

वि.सं.२०७४ साउन २६ बिहीवार ०६:४८ मा प्रकाशित

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

काठमाडौँ । प्रदेश सरकारहरू फेरबदल हुने चर्चाले यतिबेला राष्ट्रिय राजनीतिमा...

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’...

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...