back

विमान अपहरणसम्बन्धी तयार गरिएको वृत्तचित्र प्रदर्शन

वि.सं.२०७४ साउन २६ बिहीवार

450 

shares
GLOBAL IME AD
NTC AD

२६ साउन, काठमाडौँ  । राजनीतिक महत्व बोकेको विमान अपहरणको घटनालाई समेटेर तयार पारिएको ‘प्रजातन्त्रका लागि अपहरण’ वृत्तचित्र सार्वजनिक भएको छ ।

पत्रकार जगत नेपालद्वारा निर्देशन गरिएको वृत्तचित्र आज नेपाल पर्यटन बोर्डमा प्रदर्शन गरिएको हो ।

विसं २०३० जेठ २८ मा विराटनगरबाट नेपाल राष्ट्र बैंकको ३० लाख भारतीय रुपैयाँ बोकेर काठमाडौँ आउँदै गरेको तात्कालिन शाही नेपाल वायु सेवा निगमको विमान नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको योजनामा अपहरण गरेर भारतको फारविसगञ्जको घाँसे मैदानमा पु¥याइएको थियो ।

अपहरणमा संलग्न कोइरालासँगै दुर्गा सुवेदी, वसन्त भट्टराई, नगेन्द्र ढुंगेल हुनुहुन्थ्यो ।

वृत्तचित्र प्रदर्शनका क्रममा पत्रकार नेपालले विमान अपहरण एशियाकै पहिलो अपहरण भएको बताउनुभयो । उहाँले वृत्तचित्र नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभूमिमा निर्माण भएको स्पष्ट पार्नुभयो ।

वृत्तचित्र हेरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक अभावमा पार्टी सञ्चालनका लागि काँग्रेसले विमान अपहरण गर्न बाध्य भएको बताउनुभयो । उहाँले यसलाई वृत्तचित्रमात्र नभई चलचित्रका रुपमा निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

काँग्रेस नेता गगन थापाले प्रजातन्त्र प्राप्तिका लागि काँग्रेसले गरेको योगदानलाई वृत्तचित्रले समेटेको चर्चा गर्दै आम कार्यकर्तालाई यसबारे जानकारी दिनु जरुरी रहेको बताउनुभयो ।

वि.सं.२०७४ साउन २६ बिहीवार ०६:४८ मा प्रकाशित

घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

लुम्बिनी (मर्चवार) । रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सइ)लाई अख्तियार...

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौँ । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले...

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

काठमाडौँ । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१...

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका...

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक...

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि जापानका राजदूत...