back
CTIZAN AD

तिमी मौन नै बस, मर्न देऊ भगवानहरुलाई ।

वि.सं.२०७४ साउन २६ बिहीवार

1.3K 

shares

suman-ghimireफोनको कि प्याडमा अंक ११११
घण्टी जान्छ,
आवाज आयो हेल्लो सरकार ,
मैले भनें नमस्कार सरकार, न्याय चाहियो ।

सरकार ,
मैले एउटा उजुरी गर्न फोन गरेको
डा.गोविन्द के.सीलाई बचाँउन पर्यो
ऊ त मर्न लागेको छ ,
उसको आवाज सुन्ने कोही त होलान् नि सरकारमा ।

उजुरी टिपाउनुस्,
म सम्बन्धित मन्त्रालयमा पठाईदिन्छु,
त्यसो भए यो रिपोर्ट पठाई दिनुस्
अस्वास्थय मन्त्रालयमा
जहाँ माफियाहरु जुरमुराएका छन् ।

ऊ जाजरकोट पुग्थ्यो,
ऊ रिक्सामा औषधि बोकेर हिडथ््यो,
बाढी खोला पनि एक्लै तर्थ्यो
उ पुगेर त्यहाँ,
हजारोै गरीबलाई बचाउँथ्यो,
तर सधैं केन्द्र फर्कदा ऊ उदास हुन्थ्यो,
किन कि
यहाँ गरीबलाई बाँँच्न अधिकार छैन भन्दै
एक हुल मानिसहरु लडाई गरिरहेका हुन्थे ।

अमाननिय,
देश विग्रियो भन्ने लाखौं
अन्याय भयो भन्ने हजारौ
तर यही विग्रेको देशमा
यही अन्यायको भूमरीमा
एउटा मान्छे
सत्याग्रहमा बसेको छ
विग्रेको देशलाई सपार्न
अन्यायमा परेकालाई न्याय दिन
अनि तपाईं हामीचै किन मौन ?

हामीहरुलाईनै हो
महँगो लाग्ने,
ट्याक्सीको भाडा ,
सडकमा उठाउने सवारी कर
तरकारीको भाउ
बगलेको मासुको भाउ
तर
त्यही हामी
ज्वरो आएर जचाउँन जाँदा
हस्पिटलले लिने डक्टरको फि
जति लिए पनि मौन बस्छौ
डक्टरले लेखेको औषधि जति नै महँगो भए पनि किन्छौ
हामीसँग जीवन सँग खेल्ने आँट छैन
तर उ सँग त हाम्रोलाई जीवन दिने आँट छ ,
त्यसैले त शलिक जस्तै मौन छौं हामी
हैन त अमाननिय ।

सरकार,
तिम्रो असरोकार,
तिमी मौन नै बस
मर्न देऊ भगवानहरुलाई ।

वि.सं.२०७४ साउन २६ बिहीवार ०६:३४ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...