back
CTIZAN AD

सेनको ‘शहीदको रगत’ सार्वजनिक

वि.सं.२०७४ साउन २६ बिहीवार

903 

shares

२६ साउन, काठमाडौँ । साहित्यकार सुव सेनको इतिहास नाटक ‘शहीदको रगत’को आज यहाँ लोकार्पण भयो ।

गुल्मेली समाजद्वारा आयोजित कार्यक्रममा स्रष्टाहरु अशेष मल्ल, डा. देवीप्रसाद सुवेदी र अरविन्द रिमालले पुस्तकको लोकार्पण गर्नुभएको हो ।

सेन पूर्व सभासद् र पूर्व अञ्चलाधीश पनि हुनुहुन्छ । राणा शासनको विरोधमा आवाज उठाउँदा झुन्ड्याएर मारिएका शहीद शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्दको यथार्थ कथामा पुस्तक आधारित छ ।

लेखक सेनले देश र जनताका लागि छातीमा गोली थापेर आफ्नो जीवन बलिदान दिने अमर शहीदलाई समाजले बिर्सन थालेको तथा अपराध कर्ममा लागेर मृत्यु भएकालाई पनि शहीद घोषणा गरेर रु १० लाख लिने प्रवृत्तिबाट चिन्तित भएर कृति तयार गरिएको बताउनुभयो ।

इतिहासकार रिमालले पुस्तक इतिहासको ज्यूँदो दस्तावेज भएको बताउनुभयो भने समालोचक डा सुवेदीले पुस्तकलाई भावी पुस्ताले रंगमञ्चीय प्रस्तुतिमा ल्याउने अपेक्षा व्यक्त गर्नुभयो ।

नाटककार मल्लले पुस्तकमा इतिहासका घटनाका क्रमलाई सिलसिलाबद्धरुपमा प्रस्तुत गरिएको बताउनुभयो । समाजका महासचिव टंक पन्तले शहीद मर्दछ तर त्यसपछि उसको शासन प्रारम्भ हुन्छ भन्ने बोध गराउन पुस्तक सफल रहेको टिप्पणी गर्नुभयो ।

वि.सं.२०७४ साउन २६ बिहीवार ०७:०८ मा प्रकाशित

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...