back
CTIZAN AD

वन दिवसमा सामुदायिक र निजी वन पुरस्कृत

वि.सं.२०७४ साउन २६ बिहीवार

765 

shares

२६ साउन, पोखरा । दोस्रो राष्ट्रिय वन दिवस–२०७४ का अवसरमा कास्की जिल्लामा वनको संरक्षण र व्यवस्थापनमा उल्लेख्य योगदान पु¥याउने सामुदायिक र निजी वनलाई एक समारोहबीच पुरस्कृत गरिएको छ ।

जिल्ला वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघ, कास्कीद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–७ स्थित भकरजुङ सामुदायिक वन प्रथम, पोखरा लेखनाथ २५ फुर्केटारी सामुदायिक वन द्धितीय र पोखरा–३३ स्थित धारापानी महिला सामुदायिक वन तृतीय भई नगद रु सात हजार, पाँच हजार र तीन हजार तथा प्रमाणपत्र प्राप्त गरे ।

त्यसैगरी, निजी वनतर्पm पोखरा–१६ का नर्मदादेवी आचार्य प्रथम, रुपा गाउँपालिकाका–७ का दिवाकर सुवेदी द्धितीय र रुपाकै होमकुमारी ओझा तृतीय भई क्रमश रु पाँच हजार, तीन हजार र दुई हजार नगदसहित प्रशंसापत्र प्राप्त गरेका थिए ।

निमित्त क्षेत्रीय वन निर्देशक राजेन्द्रमान सिंह भण्डारीले पुरस्कृत सामुदायिक वन समूह एवम् निजी वनकर्मीलाई नगद तथा प्रशंसापत्र प्रदान गर्नुभयो । कास्की जिल्लामा हालसम्म ५०२ वटा वन समूहलाई हस्तान्तरण गरिएको छ ।

संघीयतामा सामुदायिक वन स्थानीय समुदायको पहिचान भन्ने नारासहित आयोजित कार्यक्रममा जिल्ला वन अधिकृत केदार बराल र सामुदायिक वन उपभोक्ता महासंघ, कास्कीका अध्यक्ष कालीदास सुवेदीले गत आवको कार्य प्रगति र भावी कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।

वि.सं.२०७४ साउन २६ बिहीवार ०७:११ मा प्रकाशित

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...