back

बीएण्डसीमा स्वाइन फ्लुको उपचार गरिने

वि.सं.२०७४ साउन २६ बिहीवार

462 

shares
GLOBAL IME AD
NTC AD

२६ साउन, बिर्तामोड ९ झापा । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालले भोलिदेखि स्वाइन फ्लुको उपचार गर्ने भएको छ ।

स्वाइन फ्लुको उपचारका लागि अस्पतालले बहिरङ सेवादेखि नै शंकास्पद बिरामीलाई बिशेषरुपमा अन्य बिरामीभन्दा बेग्लै राखेर उपचार गर्ने व्यवस्था मिलाएको बीएण्डसी अस्पतालका डा दिलीप शाहले बताउनुभयो ।

स्वाइन फ्लुको उपचारका लागि सरकारका तर्फबाट विशेष तालीमसमेत लिएर आउनुभएका डा शाहका अनुसार स्वाइन फ्लु लागेका बिरामीका लागि भेन्टिलेटरसहितको आइसीयु ९ सघन उपचार कक्ष० अनिवार्य भएकाले त्यसको पनि बेग्लै व्यवस्था गरिएको छ ।

स्वाइन फ्लुको संक्रमण भए÷नभएको पत्ता लगाउने प्रविधि निकै महँगो भएकाले शंकास्पद बिरामीको नमूना संकलन गरी काठमाडौँमा रहेको सरकारको केन्द्रीय प्रयोगशालामा पठाइने र त्यसले दिएको रिपोर्टको आधारमा उपाचार भने बीएण्डसी अस्पतालमा नै हुने समेत डा दिलीप शाहले जानकारी दिनुभयो ।

स्वाइन फ्लुबाट जोगिनका लागि अग्रीम खोप पनि लगाउन सकिने र उक्त खोप पनि बीएण्डसी अस्पतालले भोलिदेखि नै प्रयोगमा ल्याउने अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताउनुभयो । स्वाइन फ्लुको उपचारका लागि बीएण्डसी अस्पतालले सम्पूर्ण तयारी गरेको र सबैका लागि उपचार सहज बनाउन अस्पताल लागिपरेको निर्देशक प्रसार्इंको भनाइ छ ।

स्वाइन फ्लुको संक्रमणको जोखिम बढेसँगै झापामा त्यसको उपचारका लागि बीएण्डसी अस्पतालसँग सरकारीस्तरबाटै सम्झौता गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका फोकल पर्सन कुलबहादुर पौडेलले बताउनुभयो ।

पौडेलका अनुसार झापामा हल्ला भए जस्तो स्वाइन फ्लुको खतरा नरहेको र अवस्था सामान्य तथा नियन्त्रणमा नै रहेको छ ।

वि.सं.२०७४ साउन २६ बिहीवार ०७:१८ मा प्रकाशित

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौँ । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले...

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

काठमाडौँ । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१...

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका...

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक...

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि जापानका राजदूत...

प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने

प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी...