back
CTIZAN AD

सप्तरीमा सर्पको बिगबिगी, एकको मृत्यु

वि.सं.२०७४ साउन २६ बिहीवार

795 

shares

२६ साउन, राजविराज । सप्तरीमा पछिल्लो एक महिनादेखि विषालु सर्पको बिगबिगी जताततै बढ्न थालेपछि जिल्लावासीमा डर, त्राससमेत बढेको छ ।

पछिलो पटक सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–५ मा गएराति विषालु सर्पको टोकाइबाट स्थानीय ७८ वर्षीय दुखाइ साहको मृत्यु भएको छ । सर्पले टोकेपछि उनलाई समयमै अस्पताल पु¥याउनुको साटो धामीझाँक्रीको भर पर्दा मृत्यु भएको स्थानीयवासीले जनाएका छन् । घरमा सुतिरहेका साहलाई विषालु सर्पले टोकेको थियो ।

गाउँलेको दबाबमा उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरेपनि अस्पताल ल्याउन ढिलाइ गरेको र अन्धविश्वासमा परेर गाउँमै धामीझाँक्रीको भर पर्नाले साहको ज्यान गएको चिकित्सकको भनाइ छ ।

यस्तै, गर्मी र वर्षासँगै जिल्लामा सर्पदंशका घटना ह्वात्तै बढ्दा जिल्लाको एक मात्र सरकारी स्थानीय सगरमाथा अञ्चल अस्पतालमा दैनिक १० देखि १५ जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।
यता अस्पतालमा सर्पदंशका बिरामी बढ्न थालेपछि एन्टीस्नेक भेनम औषधि पर्याप्त मात्रामा स्टक गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

वि.सं.२०७४ साउन २६ बिहीवार ०७:२३ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...