Logo
४ माघ २०७८, मंगलवार
     Tue Jan 18 2022
E-paper
  English Edition
   Unicode
Logo

मेलौली नपाको बजेट रु ३० करोड ६२ लाख



 २६ साउन, बैतडी । बैतडीको मेलौली नगरपालिकाले रु ३० करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।

बुधबार नगरपालिकामा सम्पन्न नगर परिषद्मा रु ३० करोड ६२ लाख १२ हजार ४८४ को बजेट नगरप्रमुख कृष्णसिंह नायकले सार्वजनिक गर्नुभएको हो । यस्तै, नगरकार्यपालिकाबाट नगरसभामा पेश हुने नीति तथा कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

नीति तथा कार्यक्रममा नगरपालिकामा शिक्षा, स्वास्थ्य, सडकलगायतका विभिन्न विकास निर्माणलाई प्राथमिकतामा राखिएको छ । नगरपालिकाका सबै वडामा सडकको व्यवस्था गर्ने, नगरपालिकाको भवन निर्माण गर्ने, एम्बुलेन्स खरिद गर्ने, मेलौली प्राथमिक स्वास्थ्यकेन्द्रमा शव गृह निर्माण गर्नेलगायत कार्यक्रम समावेश गरिएका छन् ।

यसैबीच, बैतडी जिल्लाका विभिन्न स्थानीय तहमा पनि गाउँ परिषद् र नगरपरिषद् शुरु भएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक