back
CTIZAN AD

हात्तीको आक्रमणमा परी एघार वर्षीय बालकको मृत्यु

वि.सं.२०७४ साउन २६ बिहीवार

810 

shares

२६ साउन, पर्सा। पर्साको सुवर्णपुर गाउँपालिकामा आज बिहान हात्तीको आक्रमणमा परी एक बालकको मृत्यु भएको छ । पर्साको राष्ट्रिय वनबाट आएको हात्तीको समूहले गरेको आक्रमणमा परी वडा नं। २ इक्षानगर निवासी रामकुमार प्रजाको ११ वर्षीय छोरा रिजन प्रजाको मृत्यु भएको हो ।

बिहान ३ः३० बजेको सयममा वनबाट आएको हात्तीको समूहले प्रजाको घरमा आक्रमण गरी छोरालाई घरभन्दा २५ मिटर वनतर्फ लगी कुल्चलेर मारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत रिजनको शव परीक्षणका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

वन क्षेत्र नजिकै रहेको पर्साको ठोरी, सुर्वणपुर, विजयबस्ती लगायतका स्थानमा हात्तीको समूहले निरन्तर आक्रण गर्दै आएको र हात्तीको आक्रमणमा परी बर्षेनी दर्जनाँै व्यक्तिले ज्यान गुमाएको स्थानीयवासीले गुनासो गरेका छन् । वनबाट आएको हात्तीको समूहले गाउँ प्रवेश गरी घर भत्काउनाका साथै बालीसमेत नष्ट गर्दै आएपनि स्थानीय प्रशासनले हालसम्म कुनै पहल नगरेको स्थानीयवासीको भनाइ रहेको छ ।

खाल्टोमा डुबेर सात वर्षीय बालको मृत्यु

यसैगरी, पर्साको छिपहरमाई गाउँपालिकामा आज बिहान ११ बजे पानीमा डुबेर एक ७ वर्षीय बालकको मृत्यु भएको छ । गाउँपालिका–४ तुल्सिबर्वा निवासी जोखन साहको ७ वर्षीय छोरा रुपेश साहको पानीमा डुबेरा मृत्यु भएको हो ।

घरबाट बाहिर खेल्ने क्रममा घरअगाडि रहेको खाल्टोको पानीमा डुबेर रुपेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । उहाँले घरअगाडि रहेको खाल्टोमा वर्षाको पानी जमेको र बालक खेल्दाखेल्दै सोही पानीमा खसेर मृत्यु भएको अनुसन्धानबाट खुलेको बताउनुभयो ।

वि.सं.२०७४ साउन २६ बिहीवार ०९:५६ मा प्रकाशित

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...