back
CTIZAN AD

शान्ता अधिकारी घिमिरेको २ कृति एकैसाथ विमोचित

वि.सं.२०७४ साउन ३० सोमवार

1.1K 

shares

shanta-ghimire-pustak-bimochan-1
३० साउन, काठमाडौँ । अमेरिकाको न्यूजर्सीमा रहँदै आएकी कवियत्री तथा गीतकार शान्ता अधिकारी घिमिरेको दुई कृति आइतबार काठमाडौँमा एकैसाथ विमोचन गरिएको छ । कलाकार समन्वय संघ, नेपालको आयोजनामा शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा अधिकारीको कृतिहरु” कर्मभूमिको फूलू”  कविता सङ्ग्रह र “भगवान खोज्दैछु” भिडियो गीति एल्बम सामूहिक लोकार्पण गरिएको हो ।

विशिष्ट अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बास्कोटा, बरिष्ट साहित्यकार उषा शेरचन, कवि, गीतकार डा नवराज लम्साल, गीतकार संघ नेपालका अध्यक्ष चुडामणी देवकोटा, लगायतले सामूहिक रुपमा कृतिको विमोचन गर्नुभएको थियो ।

प्रमुख अतिथि शताब्दी पुरुष जोशीले शान्तले लेख्नु भएको “कर्मभूमिको देशबाट” पुस्तकले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिकरण गर्न सघाउ पुग्ने धारणा व्यक्त गर्नुभयो । विदेशमा बसेर नेपालको माया गर्ने धेरै नेपाली भएपनि कतिपयले नेपाललाई गालि गरेर नेपालमा के छ भन्ने खालको वितृष्णा फैलाउने काम गर्ने गरेको सन्दर्भ जोड्दै कवि अधिकारीले पुस्तकमा उतारेको शब्दका भावले देशको माया कति छ भन्ने कुराको उजागर गरेको बताउनु भयो ।

shanta-ghimire-pustak-bimochan-2विशिष्ठ अतिथि डा लम्सालले अधिकारीको कर्मभूमिको फूल कविता संग्रहको समिक्षा गर्नुभएको थियो । चर्चा, हल्ला, लोकप्रियता र अराजकता बीच गुज्रिरहेको नेपाली साहित्यमा शान्ताको कविता संग्रह उत्कृष्ट सम्भावना बोकेको पुस्तक रहेको बताउनु भयो । उहाँले कतिपय ठाउँमा छन्द भंग भएको टिप्पणी गर्दै लेखेका जति सबै रचनालाई समेट्न खोज्दा यस्तो समस्या आएको भन्दै आगामी दिनमा प्रकाशन गर्नुअघि उत्कृष्ट रचना छनौट गरी राम्रो समिक्षा र समालोचना  गर्न पनि सुझाव दिनुभएको थियो ।

वरिष्ठ समालोचक तथा साहित्यकार उषा शेरचनले अधिकारीको ‘भगवान खोज्दैछु’ म्युजिक भिडियो एल्बमको समिक्षा गर्नुभएको थियो । कार्यक्रममा विशिष्ठ अतिथि संगितकार बास्कोटा, वरिष्ठ समालोचक लीला लुईंटेलले पनि कवियत्री तथा गीतकार शान्ता अधिकारीको कृतिमाथि आफ्नो धारणा  राख्नुभएको थियो ।

सङ्गीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष, नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष, पत्रकार साहित्यकार टंक सुब्बा, बरिष्ट समालोचक खगेन्द्र लुइँटेलका साथै विभिन्न मिडियाबाट उपस्थित पत्रकार, कलाकारहरु पनि अतिथिका रुपमा सहभागी भएका थिए ।

सो अवसरमा आयोजक संघको तर्फबाट कवियत्री तथा गीतकार शान्ता अधिकारी घिमिरेका साथै म्यूजिक भिडियोका कलाकार तथा भिडियो बजारमा ल्याउने बिन्दावासीनी म्युजिक कम्पनीलाई सम्मान गरिएको थियो । रेडियो हिमालयले कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको थियो ।

वि.सं.२०७४ साउन ३० सोमवार ०२:३८ मा प्रकाशित

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

तानसेन (पाल्पा) । यहाँँका १५ जना ‘स्मार्ट’ आमालाई सम्मान गरिएको...

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...