back
CTIZAN AD

 यस्तो हुनुपर्छ मकाउको एनआरएनए नेतृत्व !

वि.सं.२०७४ भदौ ४ आइतवार

1K 

shares

prajun-adhikari‘नेपालीका लागि नेपाली’ र ‘एकपटकको नेपाली सधैको नेपाली’ भन्ने मुल नाराका साथ अगाडि बढेको गैरआवासीय नेपाली संघ एनआरएनए यतिबेला संसारका विभिन्न देशमा नयाँ नेतृत्व चुन्ने तयारीमा छ । साथै मकाउमा पनि नयाँ नेतृत्व चुन्ने तयारी भइरहेको छ । यतिबेला एनआरएनए मकाउलाई सबैको साझा र प्रिय बनाउनका लागि एनआरएनए मकाउका नेतृत्व लाग्नुपर्छ भन्ने मेरो सोचाइ हो ।

मकाऊमा बिभिन्न पेसा ब्यबसाय तथा रोजगारी गरेर बसेका, कम्पनी, होटल, क्यासिनो, सप्लायर्स तथा साना ठूलो कम्पनीहरू र सरकारी शबै पेसामा आबद्द भएर बसेको सबै जातजाति भाषा–भाषी एवंम संघ संस्थालाई हामि एनआरएनए हौ र समाज र राष्ट्रपति हाम्रो योगदान हुनुपर्दछ भन्ने भाबना जागृत गराउन सकेमा एनआरएनए मकाउ नमुना संस्था बन्न सक्छ भन्ने मेरो भनाइ हो ।

मकाऊमा सबै शिक्षित र स्तरयुक्त मानिसहरू र मध्यम बर्ग भन्दा तलको कोहि छैनन् । साथी भाईहरुसँग बसेर दिनमा ५ सय देखि ७ सय सम्म खर्च गर्न सक्ने मानिस भएको देशमा संस्थाका महिनामा १०० रूपैया खर्च गरौं भन्ने कुरा सामान्य रहन्छ । त्यसैले मेरो ब्यक्तीगत धारणा भनेको ५–६ हजार नेपाली भएको देशमा ८० देखि सयजना मानिसलाई लिएर ‘म एनआरएनए’ भन्दै गुटबन्दी गर्दै अनि मेरो प्यानल तथा उसको प्यानल भनेर तछाड–मछाड, लुछाचुडी गर्नु भनेको सबैका लागि हास्यास्पद कुरा मात्र हो । त्यसैले मकाउमा कार्यरत सबै साथिभाइ बुद्धिजिबी समाजसेबि तथा रोजगार व्यवसाय गरेर बसेका सबैलाई समेटेर संस्थालाई मजबुत बनाएर कसरी लैजान सकिन्छ भनेर छलफल गर्न आवस्यक छ ।

सलाह गरौ, कसरी संस्थाको आर्थिक अवस्थालाई बलियो बनाई बिदेशमा सिकेको ज्ञान, सिप र दक्षता अनि अनुभबलाई प्रयोग गरि स्वदेशमा लगानी भित्राऊन सकिन्छ भन्ने । स्वदेशमा लगानी भित्राउनु एनआरएनएको मुख्य दायित्व पनि त हो ।

ब्यक्तीगत स्वार्थ पूरा गर्न तथा देश–बिदेश भ्रमण गर्नका लागि मात्र यस संस्थामा आवद्ध हुनु संस्थाको उद्धेश्य होइन जस्तो लाग्छ मलाई । मेरो बिचारमा संस्थाको पबित्र उद्धेश्य बुझेको, समाजसेवि भाबना भएको, अर्काको सहारामा बैसाखी टेकेर नभई आफ्नै खुट्टामा टेकेर दह्रो ऊभिन सक्ने तथा सस्थामा केहि लिनको लागी होईन् दिनको लागी आएको भनेर प्रमाणित गर्न सक्ने मानिस नै संस्थाको नेतृत्व गर्न उपर्युक्त हुन्छ । त्यस्तो व्यक्तित्वले मात्र संस्थालाई सबैको साझा बनाएर अगाडि लैजान सक्छ । सबैको मनमा बस्न सक्छ ।

हामिले एनआरएनए संस्थामा मात्र ५० प्रतिशत मानिसलाई समेट्न सकियो भने जम्मा २५ सय हुन्छन् । २५ सय मानिसको महिनाको १ सयले २५०,००० र (नेपाली ३४ लाख रुपैयाँ) हुन्छ । त्यो पैसा महिनामा कुनै पनि ठाऊमा लगानी गर्न तथा बिग्रिएका र भत्किएका भौतिक संरचना तथा महाभूकम्प, बाढीपीडितको उद्धारको लागि दोश्रो धुर्मुस सुन्तली फाउन्डेशन मकाऊ, बनाउन सकिन्छ भन्ने मेरो ब्यक्तिगत धारणा हो ।

एनआरएनए मकाउमा सबैलाई समेट्न तपाई हाम्रो हात र योगदानको कुरा हो । यसमा सबै लाग्नुपर्छ । कुनै पनि काममा पहिले आफूले गरेर देखाएर अरूलाई गर्न हौसला प्रदान गर्नुपर्छ भन्ने मेरो मान्यता हो । जस्तो, घरको बाबु चाहि देश बिदेश घुम्ने मोजमज्जा गर्ने बच्चाहरूलाई मात्र यो गर, त्यो गर भनेर घरमा राम्रो काम गराऊन कसरी सकिन्छ ? पहिले आफूले गरेर देखाएर अरूलाई गराउने हो ।

कुनै पनि संस्थामा गएर ब्यक्ति लाभ ऊठाउने तथा संस्थालाई हानि नोक्सानी पु¥याउने भनेको अपराध हो मेरो बिचारमा । त्यसैले सधै सामाजिक हितमा सोच्ने, देशको पहिचान तथा कला संस्कृति संस्कार र परम्परालाई बिश्व सामु कसरी परिचय गराऊने भन्ने बारेमा सोच्ने जागरूक नेतृत्व एनआरएनएमा मात्र नभएर प्रवासमा खुलेका सबै संघसंस्थामा हुनुपर्छ, अनिमात्र आफूले नेतृत्व गरेको तथा गर्न लागेको संस्थालाई सबैका लागि साझा अनि समाबेसी बनाउन सकिन्छ । यस्तो नेतृत्व मकाउमा मात्र नभएर संसारका सबै देशका एनआरएनए नेतृत्वमा हुन जरुरी छ ।

वि.सं.२०७४ भदौ ४ आइतवार १२:३५ मा प्रकाशित

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सरबाट जोगिन के गर्ने ? हिन्दीमा एउटा भनाइ छ, "जब...