back
CTIZAN AD

म विद्रोही कमलु सदा

वि.सं.२०७४ भदौ ४ आइतवार

885 

shares

milan-kanchha-kirati

मेरो प्यारो तिलाठी, कोइलाडी
मेरो स्वर्ग मुसहर वस्ती
त्यहाँ,
विभेदको बाढी उहिल्यै आएको हो
र, सबै खेत बगायो
जमीन छैन ।
अभावको आँधी उहिल्यै आएको हो
र, महल उडायो
घर छैन ।

फुदन सदाको साहसले
सिञ्चिएकोे एउटा झुपडी
दुःखका दस दुलोभित्र
मुसा लुकामारी खेल्थे
त्यसरी,
मुसाले पनि हेप्थे
मान्छेले त हेप्थे–हेप्थे !

बत्तासले पनि हेप्थे
घामले पनि हेप्थे
वादलले पनि हेप्थे
वर्षातले पनि हेप्थे ।
शोषकको साम्राज्य थियो
त्यसैले,
झुपडीभित्र गएको हो गरीबीको पहिरो
र त,
जम्थ्यो अगेनामा आँशुको आहाल
डुब्थे खुशीहरु
चर्किन्थे भरोशाका भित्ताहरु
भत्किन्थे आशाका पर्खालहरु
किचिन्थे कलिला मुलायम मुटुहरु
हृदयका दैलो बन्द थिए
थिए प्रकाशको किरण बन्द
हावाको पनि आवत–जावत बन्द थिए
मान्छे त मान्छे भैहाले
बत्तासले पनि ढोका उघार्दैन’थे ।

पानी पिएर होइन
मृत्यू पिएर विद्रोह गरेँ
मुक्तिको ढोका उघारेँ ।
म डुबेर सागरमा
पानीको साम्राज्य बनाएँ ।
मैले छोएको पानी नचल्ने ?
म कसैको घरभित्र छिर्न नहुने ?
महासागर भएर
प्रत्येकको घरभित्र छिरेको छु ।
अगेनो र कुल छोएको छु
समानता ल्याएको छु ।

मेरो पार्थिव शरिर
सद्गद्को लागि
नदेउ मलाई जमीन
यहाँ जमीन कसैको छैन ।
सबै रित्तो छ
सबै भूमिहीन छ ।
नत्र,
ए जमीन हुनेहरु
स्वर्गमा जमीन लिएर आउ
ए सम्पति हुनेहरु
स्वर्गमा सम्पति लिएर आउ
दुःखको दल–दलमा भासिएर
म जस्तै आँशु पिएर नआउ !

म जस्तै,
पानीको मृत्यू
पानीको चित्ता
पानीको दागबत्ती
पानीको चिहान, पानीको जमीनमाथि तैरिएर
पानीको महासमर–यात्रा कसैले गर्न नपरोस्
पानीले कुल छोएर समानता दिएको छु
विभेद सहेर कसैले म जस्तै मर्न नपरोस् ।
यही छ,
महासागरको स्वर्गबाट
म कमलु सदाको सन्देश !

नत्र,
चेतनाको ढोका खोलेर हेर्नू
विभेदको पर्दा च्यातिएर
समानता आईसकेको छ ।
त्यो वस्तीको घाम र बत्तास हेर्नू
निर्मल, चञ्चल उस्तैगरी छाईसकेको छ ।

(बाढी प्रकोपमा परेर तराईको मुसहर दलित वस्तीमा मृत्यू भएका भूमिहीन कमलु सदाको सम्झनामा लेखिएको कविता । )

वि.सं.२०७४ भदौ ४ आइतवार १४:५० मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...