back
CTIZAN AD

जोगवनी नाका ठप्प भएपछि वैकल्पिक नाका प्रयोगमा

वि.सं.२०७४ भदौ ८ बिहीवार

1.1K 

shares

८ भदौ, विराटनगर । पुल क्षतिग्रस्त भएको कारण जोगवनी नाकाबाट सामान आयात÷निर्यात ठप्प भएपछि दुई देशका पदाधिकारीबीच आजदेखि वैकल्पिक नाका प्रयोगमा ल्याउने सहमति भएको छ ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको कार्यकक्षमा बुधबार भारतको जोगवनी भन्सारका डेपुटी कमिसनर पवनकुमारसँग भएको छलफलमा भीमनगर–सुनसरीको भण्टाबारी छोटी भन्सारलाई वैकल्पिक नाकाका रुपमा प्रयोगमा ल्याउने सहमति भएको हो ।

यस सम्बन्धमा प्रजिअ रामप्रसाद आचार्यले वैकल्पिक नाका सञ्चालनका लागि आवश्यक कागजात सीमावर्ती भारतीय भन्सारलाई बुझाई सकिएकाले सम्भवतः आजैबाट वैकल्पिक नाका सञ्चालन हुने जानकारी गराउनुभयो । सो मार्ग भएर विराटनगरसम्म सामानको निकासी÷पैठारी गर्न ७० किलोमिटर दूरी तय गर्नु पर्दछ ।

भारतको फारविसगञ्ज–जोगवनी मार्गमा पर्ने मिरगञ्ज पुल बाढीले क्षतिग्रस्त बनाएपछि विगत पाँचदिनदेखि जोगवनी–विराटनगर नाकाबाट आयात÷निर्यात ठप्प भएको हो । सो पुल मर्मत नभएसम्म वैकल्पिक मार्गबाट आयात÷निर्यात सञ्चालन रहने प्रजिअ आचार्यले बताउनुभयो । सो मार्ग बन्द भएपछि भारतमा पाँच सयभन्दा बढी कन्टेनर अलपत्र भएका छन् ।

वि.सं.२०७४ भदौ ८ बिहीवार ११:३२ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...