back
CTIZAN AD

हथौडा प्रहार गरी भाइको हत्या गर्ने पक्राउ

वि.सं.२०७४ भदौ ९ शुक्रवार

1K 

shares

८ भदौ, काठमाडौँ । हथौडा प्रहार गरी आप्mनै सहोदर भाइको हत्या गर्ने काठमाडौँ महानगरपालिका झोसेका ५१ वर्षीय राजु मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ ।

मानन्धरले बुधबार आफ्नै घरमा सुतिरहेका ४७ वर्षीय भाइ गौतम मानन्धरलाई हथौडाले टाउकोमा प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको थियो ।

भाइको हत्या गरी राजु मानन्धर महानगरीय प्रहरी वृत्त जनसेवामा आई आत्म समर्पण गरेका थिए ।

यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९९ दशमलव पाँच ग्राम सुनको बाला दुई थानसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट चन्द्रनिगापुर–५ घर भएका काठमाडौँ असन बस्ने सुगन श्रेष्ठ रहेका छन् । कार पार्किङ क्षेत्रबाट प्रहरीले उनलाई बुधबार चार लाख ७२ हजार ५०० मूल्य बराबरको सो सुनसहित पक्राउ गरेको हो ।

बाहिरी मुलुकबाट आगमन भएका यात्रुसँग सुन संकलन गरी लैजान लागेको अवस्थामा प्रहरीले उनलाई फेला पारेको थियो ।

बरामद सुनसहित श्रेष्ठलाई आवश्यक कानूनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरणमा पठाइएको छ ।

वि.सं.२०७४ भदौ ९ शुक्रवार ०२:३८ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब...