back
CTIZAN AD

नयाँ शक्ति पार्टीले नेकपा संयुक्तसँग चुनावी तालमेल गर्ने

वि.सं.२०७४ भदौ ९ शुक्रवार

918 

shares

९ भदौं, काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालले आगामी असोज २ गते हुने प्रदेश नं २ को स्थानीय तहको निर्वाचनका लागि नयाँ गठबन्धन बनाएको छ ।

नेकपा संयुक्तसँग चुनावी तालमेलका साथ नयाँ शक्तिले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा अब जनतासँग हँसिया चुनाव चिह्नमा मत माग्ने छ । उक्त पार्टीको नेतृत्व पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गर्दै आउनुभएको छ ।

प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते हुने निर्वाचनमा नयाँ शक्तिले हँसिया चिह्न लिएर निर्वाचनमा जाने जानकारी गराएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले पुष्टि गर्नुभयो ।

यसअघि भएका स्थानीय तहको दुई चरणका निर्वाचनमा उक्त पार्टीले संघीय समाजवादी फोरम नेपालसँग चुनावी तालमेल गरी हातमा बोकेको मशाल चुनाव चिह्न लिएर निर्वाचनमा गएको थियो ।

कूल २८ हजार ४२३ पदका लागि भएको स्थानीय तहको निर्वाचनमा नयाँ शक्ति र सङ्घीय समाजवादी फोरमको गठबन्धनले ३८२ पदमा विजय प्राप्त गरेका थिए । स्थानीय तहको पहिलो र दोस्रो निर्वाचनमा १४ राजनीतिक दल र केही स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।

वि.सं.२०७४ भदौ ९ शुक्रवार ०२:४५ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब...