९ भदौं, तिलोत्तमा (रूपन्देही) । रूपन्देही देवदह नगरपालिका भलुहीमा मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ ।
घटनास्थलमै मृत्यु हुनेमा रूपन्देही पर्रोहा नगरपालिकाकाका २४ वर्षीय खेमराज थापा र नवलपरासीे रामग्रामका २५ वर्षीय सुरज चौधरी छन् भने बुटवल–१६ का सुमुन कुँवर र सुनवल नगरपालिका वडा नं २ का दिवाकर यादवको उपचारका क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
थापाले चलाएको लु२३प १०२८ नं र चौधरीले चलाएको लु३३प ७०८३ नंको मोटरसाइकल विहिबार दिउँसो एकापसमा ठोक्किँदा दुवैजनाको घटनास्थलमै मृत्यु भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।