९ भदौं, नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवासँग विहिबार साँझ भारतीय अर्थमन्त्री अरूण जेट्लीले शिष्टाचार भेट गर्नुभयो ।
भारतको पाँचदिने राजकीय भ्रमणका क्रममा बुधबार नयाँदिल्ली आइपुग्नुभएका प्रधानमन्त्री देउवासँग भएको भेटका क्रममा उहाँहरूबीच नेपालमा लगानी प्रवद्र्धन, आर्थिक विकास तथा द्विपक्षीय साझा आर्थिक मुद्दाका विभिन्न विषयमा विचारविमर्श भएको थियो ।
भेटमा ऊर्जा, व्यापार, पर्यटनलगायतका विषयमा के कसरी सहकार्यका साथ अगाडि बढ्न सकिन्छ भन्ने बारेमा संक्षिप्त छलफल भएको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिनुभयो ।