back
CTIZAN AD

आमाको उपचार गराउँन जाँदा पक्राउ परेका फागो हिरासत मुक्त

वि.सं.२०७४ भदौ ९ शुक्रवार

1.1K 

shares

९ भदौं, काँकडभिट्टा (झापा) । भारत पश्चिम बंगालको सिलगढीमा पक्राउ परेर भारतीय प्रहरीको हिरासतमा राखिएका नेपाली नागरिक उदय फागो १७ दिनपछि विहिबार राति मुक्त हुनुभएको छ ।

इलाम जिल्लाको सूर्योदय नगरपालिका–१० फिक्कल घर भएका उहाँलाई गत साउन २३ गते दिउँसो भारतको सिलगढी नगरस्थित फेमिली क्लिनिकमा आमाको उपचार गराउन गएका बेला भारतीय प्रहरीले पक्राउ गरी दार्जिलिङको गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोप लगाएको थियो ।

सिलगढीस्थित भारतीय अदालतबाट उहाँ तारेखमा रिहा भएर विहिबार राति ९ बजे काँकडभिट्टा आइपुग्नुभएको हो । रिहा भएर स्वदेश आइपुग्नुभएका फागोले भारतीय हिरासतमा रहँदा मानसिक यातना व्यहोर्नु परेको र आफू बाँचेर आएको प्रतिक्रिया दिनुभयो ।

आफूले कुनै गैरकानूनी काम नगरेको उल्लेख गर्दै उहाँले भारत सरकारले अनाहकमा आतंकवादीको जस्तो व्यवहार गरेकोमा दुःख व्यक्त गर्नुभयो ।

राष्ट्रिय मानवअधिकार परिषद्का अध्यक्ष तुलसी थापाले मानवाधिकारवादी, नेपाली पत्रकार र परिवारजनको पहलमा उहाँको रिहाइ भएको बताउनुभयो ।

वि.सं.२०७४ भदौ ९ शुक्रवार ०२:५३ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब...