back
CTIZAN AD

युगान्डामा तीज मनाइयो, मिस युगान्डा पनि सहभागी

वि.सं.२०७४ भदौ ९ शुक्रवार

945 

shares

uganda1 कम्पाला, युगान्डा । हरेक वर्ष झैं यस वर्ष पनि दर खाने दिन पारेर गैर आवासीय नेपाली संघ युगान्डाले आयोजना गरेको तीज बिशेस कार्यक्रम बिगत वर्ष भन्दा केहि फरक ढंगले सम्पन्न भएको छ ।

बाढीपीडित सहयोगार्थ आयोजित सो कार्यक्रममा मिस युगाण्डा २०११ को समेत सहभागिता रहेको थियो । कार्यक्रमको शुरुवात भुतपूर्व अध्यक्ष रमेश कंडेलको उद्घघोस संगै राष्ट्रियगान बाट शुरुगरीएको थियो ।
कार्यक्रमको सभापतित्व बर्तमान अध्यक्ष राजमणि भण्डारीले गर्नु भएको थियो भने प्रमुख अतिथि इस्माइली समूहका समाजसेवी तथा टाईट सेक्युरिटीका संचालक मोहम्मद अली भाई आसीन हुनुहुन्थ्यो ।
बिगतका बिभिन्न कार्यक्रममा समेत प्रायोजन गर्दै आउनुभएको अली भाइलाई प्रमुख अतिथिमा निमन्त्रणा गरिएको थियो ।
त्यसैगरी बिशेष अतिथिको आसनमा मिस युगान्डा २०११ सिल्भिया नामुटेबी, हितेश बोरा, अखिलेस जोगको पनि सहभागिता रहेको थियो । आकाशीया मल, कम्पालाका संचालक समेत रहनुभएका अखिलेश जोगले कार्यक्रम स्थल प्रायोजन गर्नुभएको थियो ।

uganda3
आशन ग्रहणपछि कार्यक्रमका प्रमुख अतिथि मोहम्मद अली भाईबाट दीप प्रज्वलन गरी औपचारिकता दिनुको साथै छोटो मन्तब्य दिदै गैरआवासीय नेपाली संघ युगान्डालाइ धन्यवाद दिनु भएको थियो भने अन्य बिशेष अतिथि गणहरु बाटपानी छोटो मनतब्य पेश गरिएको थियो । मिस युगान्डा २०११ बाट नेपाली हरुको गौरबमय चाडमा हामीलाई सम्झेर गहिरो सम्बन्ध छ युगान्डा र नेपाल बिच भन्ने उदाहरण दिएको बताउनु भएको थिया।े । उहाँले यो सम्बन्धलाइ अझै प्रगाढ बनाउन आफूले जस्तो भूमिका पनि खेल्न तत्पर रहेको समेत बताउनु भएको थियो ।
कार्यक्रमलाइ अलि फरक बनाउन यसपटक गैरआवासीय नेपाली संघका पदाधिकारी आफैले खाना बनाए भने भान्साको लागी चाहिने सम्पूर्ण भाडा तथा चुल्होको ब्यवस्थापन प्रायोजन नवाब रेस्टुरेंटले गरेको थियो ।

uganda2
कार्यक्रमलाई सफल बनाउन मुख्य भूमिका खेल्नु भएका अध्यक्ष राजमणि भण्डारी, उपाध्यक्ष, बिनोद थापा, महासचिव रमेश शर्मा, सचिब गंगालाल खरेल, कोषाध्यक्ष मन्जुल पाठक, युवा संयोजक तेजेन्द्र बिवश, महिला संयोजक तारा गिरी, प्रबक्ता कमल भट्ट, साधारण सदस्य पुष्पलाल प्रजापति, धनराज गिरी, पूर्ब अध्यक्ष रमेश कंडेल पूर्ब उपाध्यक्ष इश्वरी बश्याल लागायतको उल्लेख्य भूमिका रहेको थियो ।
कार्यक्रमको सास्कृतिक फाँट हेर्दै आउनुभएका तेजेन्द्र बिवश, रमेश कंडेल, तारा गिरि, अनिता खरेल लगायतको प्रस्तुति रह्यो भने झन्डै ५० को हाराहारीमा उपस्थित सम्पुर्ण जनले साथ दिएर मनोरञ्जन लिनुभएको थियो ।
झन्डै ५ घन्टाको रमझम पछि कार्यक्रममा उपस्तिथित सम्पुर्णलाई गैर अवासिय नेपाली संघ युगान्डाले धन्यवाद ज्ञापन गर्नुको साथै कार्यक्रम समापन भएको थियो भने बाढी पीडित सहयोगार्थ संकलित रकम विहिबारै गैरअवासिय नेपाली संघ अन्तर्राष्ट्रिय आपतकालिन राहत कोषमा ट्रान्सफर गरिएको छ ।


uganda4

वि.सं.२०७४ भदौ ९ शुक्रवार ०३:१४ मा प्रकाशित

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...