डिग्री सटिर्फिकट लिएका कतिपय नेपाली विद्यार्थीहरुलाई दैनिक खाइने भात पकाउने चामल कहाँबाट आउँछ भन्दा पसलमा किन्न पाइन्द भन्ने सम्म थाहा छ । तर त्यो चामल कसरी तयार गरिन्छ, चामल बनाइनु अघि धान कसरी फल्छ शायद थाहा छैन । दायाँबायाँ धान हरियो बनेको देखेर बाबुले धान कति राम्रो भएछ भन्दा आफ्नो १० क्लास पढेकी आफ्नी छोरीले ‘कसरी चिन्नुभयो बाबा तपाईले यो धान हो भनेर ?’ सोधेको प्रश्न सुनेर गाडीका यात्रुहरु एकछिन हाँसे तर यसले हाम्रो शिक्षा नीतिमाथि गम्भिर प्रश्न तेर्साएको छ । हाम्रो शिक्षा नीति कागजी ज्ञान दिने खालका मात्र हुँदा हाम्रा बालबालिकालाई व्यवहारिक बनाउन निकै गाह्रो छ । शिक्षा नीति भनेको माछा मार्न सिकाउने खालको हुनुपर्दछ तर हाम्रो शिक्षाले माछा मार्न सिकाउँदैन । व्यवहारिक शिक्षा नहुँदा सानो समस्या आउँदा पनि आत्तिने र डराउने हुन्छन् ।
शिक्षा भनेको यस्तो हुनुपर्दछ, हेर्नुस् त जहाँ विद्यार्थीहरु काम गर्दै सिक्दै छन् । सामूहिक रुपमा यसरी काम गर्दा बालबालिकाहरु सामाजिक पनि हुन्छन् भने समस्यासँग फेस गर्न पनि उनीहरुलाई सहज हुन्छ । हामीले पनि यस्तै शिक्षामा जोड दिनु आवश्यक छ ।
वि.सं.२०७४ असोज १९ बिहीवार ०४:२८ मा प्रकाशित