back
CTIZAN AD

‘ठग, दलाल तथा अपराधिहरूलाई एनआरएनएबाट बहिष्कार गरौं’

वि.सं.२०७४ असोज २२ आइतवार

1K 

shares
शान्ति अधिकारी अध्यक्ष, एनआरएनए मकाउ
शान्ति अधिकारी
अध्यक्ष, एनआरएनए मकाउ

नयाँ कार्यसमितिको जिम्मेवारी सम्हाल्ने अवसर पाउनु भएको छ, कस्तो अनुभव भएको छ ?
नयाँ कार्यसमितिको जिम्मेवारी सम्हाल्ने अबसर पाउँदा धेरै खुसि लागेको छ र यसलाई एउटा चुनौतीको रुपमा लिएकी छु साथै यो जिम्मेवारीलाई सफलतापूर्वक बहन गर्नेछु भन्ने दृढढ बिश्वास छ ।

यहाँले आफ्नो कार्यकालको भावि योजना तथा कार्यक्रम केही बनाउनु भएको छ की ?
भाबि योजनाहरू अबस्य छन जुन भए गरेपछि थाहा पाउनु हुन्छ ।

एनआरएनएको आठौँ विश्व सम्मेलनले कस्तो नेतृत्व चयन गरोस् भन्ने ठान्नुहुन्छ ?
सक्षम तथा भिजनदार नेतृत्वको चयनहोस् जसले बिदेशमा मात्र नभई देशको हितमा काम गर्न सफल होस मातृभूमि प्रति सदैब तन मन दिएर काम गर्न सकोस् ।

पछिल्ला दिनमा एनआरएनएमा राजनीति बढी छिरेको भन्ने टिप्पणीमा यहाँ के भन्नुहुन्छ ?
टिप्पणी गरेता पनि एनआरएनए एउटा स्वच्छ पबित्र संस्था हो । जुन राजनीतिक दल आएपनि समान हुन्छ । जुन दल सरकारमा आउछ त्यसै दलसँग समन्वयन गरि राम्रो काम हुन्छ यहाँ राजनीति हुदैन जस्तो लाग्छ ।

एनआरएनएलाई सम्पूर्ण प्रवासी नेपालीको संस्था बनाउन नयाँ नेतृत्वले कस्तो भूमिका ?
सर्वप्रथम त प्रबासमा रहेका सम्पूर्ण नेपालीहरूलाई एनआरएनएको सदस्य बनाउन सक्नुपर्दछ । यसलाई बिसुद्ध सामाजिक संस्थाको रूपमा अगाडी बढाउनुपर्दछ । ठग दलालहरू तथा अपराधिहरूलाई एनआरएनएबाट बहिष्कार गर्नुपर्छ । समय समयमा रचनात्मक कृयाकलापहरू गरेर यस पवित्र संस्थाको गरिमालाई अझै बढाउनुपर्दछ । कोहि पनि नेपालीले प्रबासमा रहँदा आईपर्ने समस्याको समाधान गरिदिन सक्नुपर्दछ, ताकि स्वदेश फर्कदा सम्पूर्ण नेपालीहरू गर्बका साथ बिदेशमा आईपर्ने हरेक समस्याको समाधान एनआरएनएले गरिदीन्छ भनुन् । साथै स्वदेशमा आईपर्ने हरेक प्राकृतिक प्रकोपहरूमा हर तरहका सहयोग गर्नुपर्दछ ।

वि.सं.२०७४ असोज २२ आइतवार ०७:५७ मा प्रकाशित

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

काठमाडौँ । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले...