back

टोटेनह्यामका केनलाई रियलले अर्को सिजन भित्राउन सफल होला त ?

वि.सं.२०७४ असोज २२ आइतवार

585 

shares
GLOBAL IME AD
NTC AD

harry kane

२२ असोज, काठमाडौँ । पछिल्ला पाँच वर्षको ईतिहासलाई हेर्ने हो भने स्पेनिश क्लब रियल म्याड्रिडले खेलाडी किन्दा सबैभन्दा धेरै रकम तथा खेलाडी ईङलिश क्लब टोटेनह्यामसँग खर्चेको छ । ग्यारेथ बेलको किर्तिमानी स्थान्तरण होस या अर्का स्टार मिडफिल्डर लुका मोड्रिचको स्थान्तरण जसमा टोटेन्ह्यामले आफ्ना प्रमुख खेलाडीलाई रियलमै बेचेको छ । टोटेन्ह्यामबाट स्पेन आएपछि दुवै खेलाडीले आ–आफ्नो छुट्टै पहिचान समेत बनाईसकेका छन् । बेल र मोड्रिच रियलको वर्तमान सफलताको महत्वपुर्ण मेरुदण्ड बनेर रहेका छन् ।
यसै बेला स्पेनिश महारथी रियलले टोटेन्ह्यामका अर्का खेलाडी हेरी केनलाई रियलले अर्को सिजनको प्रमुख तार्गेट बनाएको छ । रियलका क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेजले पनि केनलाई रियल म्याड्रिडले किन्न सक्ने बताईसकेका छन् ।
पछिल्लो समय केनले गरेको लोभलाग्दो प्रर्दशनले युरोपका महारथी क्लबहरुले उनलाई किन्न ईच्छा देखाईरहेका छन् । विश्वकै कठिन र प्रतिस्पर्धी मानिएको ईङलिश प्रिमियर लिगमा निरन्तर एकनासको प्रदर्शनको कारण उनलाई किन्न युरोपेली क्लबहरुले चासो देखाईरहेका छन् । केनको पछिल्लो खेल तथ्याङकलाई आँकलन गर्दा उनको गोल गर्ने क्षमतालाई मेस्सी तथा रोनाल्डोको तथ्याङक सँग मिल्दोजुल्दो देखिन्छ । जसकारण पनि रियलले उनलाई किन्न रुची देखाएको छ । रोनाल्डोको बढ्दो उमेर तथा अर्को स्ट्राईकर बेन्जेमाको खस्कदो फर्मले समेत रियलमा अनुभवी स्ट्राईकरको कमी महसुस भईसकेको छ । जसकारण केनलाई रियल म्याड्रिडबाट खेल्न सक्ने खेलाडीको रुपमा हेरिदै आएको छ । उता केनले पनि रियल म्याड्रिडबाट खेल्न सक्ने कुराको संकेत गरिरहेको बेला केनलाई रियल बाट खेल्न सक्ने अर्को खेलाडीको रुपमा हेर्न थालिएको छ ।  तर वास्तविकता स्थान्तरणको लागि भने अझै एक सिजन कुर्नै पर्ने हुन्छ ।

वि.सं.२०७४ असोज २२ आइतवार ०७:४५ मा प्रकाशित

यु-१९ विश्वकप महिला क्रिकेट : अष्ट्रेलियाले दियो एक सय ४० रनको चुनौती

यु-१९ विश्वकप महिला क्रिकेट : अष्ट्रेलियाले दियो एक सय ४० रनको चुनौती

काठमाडौं । आइसिसी महिला यु-१९ विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले नेपाललाई...

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी

फाप्ला (कैलाली) । कोशी प्रदेश यहाँ जारी प्रधानमन्त्री कप महिला...

यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा

यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा

काठमाडौं । यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा...

सन्दीप लामिछाने क्रिकेटबाट सन्यास लिने विचारमा

सन्दीप लामिछाने क्रिकेटबाट सन्यास लिने विचारमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका विश्वचर्चित लेग स्पिनर सन्दीप...

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो...

टाइगर कप भलिबल माघ दोस्रो सातादेखि

टाइगर कप भलिबल माघ दोस्रो सातादेखि

काठमाडौँ । ‘टाइगर गु्रप अफ पोखरा नेपाल’को आयोजनामा पाँचौँ संस्करणको...