back
CTIZAN AD

बंगलादेशका २१ मेडिकल कलेजबाहेक अरुमा जान सक्ने –इक्यान

वि.सं.२०७४ मंसिर ११ सोमवार

804 

shares

काठमाडौँ, ११ मंसिर (रासस) : नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले चिकित्सा शिक्षाका लागि बंगलादेशका सबै मेडिकल कलेजमा नेपाली विद्यार्थीको भर्नामा रोक नलगाइएको जनाएको छ ।

आज यहाँ पत्रकार सम्मेलन गरी इक्यानले बंगलादेशका २१ मेडिकल कलेजमा मात्र भर्नामा रोक लगाइएको जनाएको हो ।

शिक्षा मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले सम्बन्धित मुलुकको आधिकारिक निकायसँगको समन्वयमा केही कलेजमा मात्र भर्नामा रोक लगाइएकाले अन्य कलेजमा नियमितरुपमा नेपाली विद्यार्थी जान सक्ने इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताउनुभयो ।

बंगलादेश सरकारले गुणस्तर र पूर्वाधारका विषयमा प्रश्न उठेपछि ती २१ कलेजमा भर्नामा रोक लगाइएको हो । बंगलादेशमा करिब १५० मेडिकल कलेज छन् । बंगलादेशमा हाल करिब दुई हजार पाँच सय नेपाली विद्यार्थी अध्ययनरत छन् । नेपालका ३० शैक्षिक परामर्श केन्द्रले बंगलादेशका विश्वविद्यालयसँग काम गर्छन् ।

बंगलादेश जाने नेपाली विद्यार्थीको संख्या बढिरहेको समयमा सबै कलेजमा पढ्न नपाउने भन्ने प्रकारको भ्रममा नपर्न संघले आग्रह गरेको छ । इक्यानका उपाध्यक्ष विष्णुहरि पाण्डेकाअनुसार हरेक वर्ष करिब ५०० विद्यार्थी एमबिबिएस अध्ययनका लागि बंगलादेश जाने गर्छन् ।

संघका पूर्व अध्यक्ष राजेन्द्र बरालले हाल कालोसूचीमा रहेका केलज बन्दको अवस्थामा नरहे पनि अन्तर्राष्ट्रिय विद्यार्थीको भर्ना केही समयका लागि रोकिएको बताउनुभयो ।

वि.सं.२०७४ मंसिर ११ सोमवार १२:३८ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब...