नागरिक लगानी कोष CIT ले लगानीकर्तालाई २२ प्रतिशत बोनस सेयर दिने भएको छ । कोष सञ्चालक समितिको मंसिर ८ गते बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई २२ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७२–७३ को लेखापरीक्षण कर्य सम्पन्न भएको र त्यसैका आधारमा २२ प्रतिशत बोनस र कर तिर्न नगद लाभांश पनि दिने निर्णय गरिएको कम्पनीले जनाएको छ । अब नागरिक लगानी कोषले बोनसबापत १६ करोड २८ लाख ५८ हजार २७२ रुपैयाँ खर्च गर्नेछ ।
यस्तै, नगद लाभांशमा (१.१५७८) ८५ लाख ७१ हजार ४८८ रुपैयाँ खर्च हुनेछ । लाभांश प्रस्ताव आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउनेछ ।
नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कर तिर्नु अघिको खुद नाफा १० करोड ६९ लाख रुपैयाँ देखाएको छ । यसैगरी करपछिको खुद नाफा ८ करोड रुपैयाँभन्दा बढी छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २१३ रुपैयाँ छ ।