Logo
२२ जेष्ठ २०८०, सोमबार
     Mon Jun 5 2023
E-paper
  English Edition
   Unicode
Logo

बिओकेएलले नयाँ सस्थांपक सेयर लिलाम बढाबढ गरि सर्वसाधारणलाई बिक्री गर्दै



बैंक अफ काठमाण्डू (BOKL) ले ६१ लाख ५८ हजार ६७ कित्ता नयाँ सस्थांपक सेयर लिलाम बढाबढ गरि सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । धितोपत्र बोर्डले प्रिमियम मूल्यमा शेयर लिलाम गर्न नदिएपछि बैंकले प्रतिकित्ता न्यूनतम एक सय रुपैयाँमा उक्त परिमाणको सेयर लिलामी गर्ने भएको हो ।

धितोपत्र बोर्डले कानूनी व्यवस्था नभएको भन्दै बैंक अफ काठमाण्डूलाई थप नयाँ संस्थापक सेयर अर्थात एफपिओे जारी गर्न रोक लगाउदै लिलामी प्रक्रियामा जान निर्देशन दिएको थियो । बैंकले बोर्डसँग फेस भ्यालु एक सय रुपैयाँमा १६६ रुपैयाँ प्रिमियम थपेर न्यूनतम २६६ रुपैयाँमा लिलामी गर्ने अनुमति मागेको थियो ।

बैंकले संस्थापक तथा सर्वसाधारण शेयरधनीको पूँजी संरचना ५१ः४९ प्रतिशत कायम गर्नको लागि संस्थापक एफपिओ बिक्रीको योजना अघि सारेको हो । बीओकेमा अहिले सर्बसाधारणको हिस्सेदारी ५५ प्रतिशत र संसथापकको ४५ प्रतिशत हाराहारीमा छ ।

बैंकको लिलामीको सेयरमा मंसिर २२ गतेदेखि २९ गतेसम्म आवेदन गर्न पाइनेछन । सो शेयरमा न्यूनतम एक सय कित्ता देखि अधिकतम ६१,५८,०६७ कित्तासम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

बैंकको निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।सो शेयरमा बैंक अफ काठमाण्डूका सम्पूर्ण शाखा कार्यालय र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडमा दरखास्त दिन सकिनेछ ।
हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ६२ करोड ९५ लाख ७६ हजार रुपैयाँ छ । उक्त सेयर लिलामी पश्चात बैंकको चुक्ता पूँजी ६ अर्ब २४ करोड ५३ लाख ८२ हजार रुपैयाँ पुग्नेछ ।

बीआकेले गत बर्षको खुद नाफाबाट बोनस सेयर बितरण गर्न बाँकी नै छ । बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २२ करोड खुद नाफा कमाएर प्रति सेयर आम्दानी १५ रुपैयाँ ९२ पैसा कायम गरेको छ । बैंकको जगेडा कोषमा ३ अर्ब ५३ करोड रहेको छ भने निस्क्रिय कर्जा २.०८ प्रतिशत छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था नेपालको संविधानले न्यायसम्बन्धी अधिकार संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्तबमोजिम

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमाडौँ । भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी