back
CTIZAN AD

बिओकेएलले नयाँ सस्थांपक सेयर लिलाम बढाबढ गरि सर्वसाधारणलाई बिक्री गर्दै

वि.सं.२०७४ मंसिर ११ सोमवार

873 

shares

बैंक अफ काठमाण्डू (BOKL) ले ६१ लाख ५८ हजार ६७ कित्ता नयाँ सस्थांपक सेयर लिलाम बढाबढ गरि सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । धितोपत्र बोर्डले प्रिमियम मूल्यमा शेयर लिलाम गर्न नदिएपछि बैंकले प्रतिकित्ता न्यूनतम एक सय रुपैयाँमा उक्त परिमाणको सेयर लिलामी गर्ने भएको हो ।

धितोपत्र बोर्डले कानूनी व्यवस्था नभएको भन्दै बैंक अफ काठमाण्डूलाई थप नयाँ संस्थापक सेयर अर्थात एफपिओे जारी गर्न रोक लगाउदै लिलामी प्रक्रियामा जान निर्देशन दिएको थियो । बैंकले बोर्डसँग फेस भ्यालु एक सय रुपैयाँमा १६६ रुपैयाँ प्रिमियम थपेर न्यूनतम २६६ रुपैयाँमा लिलामी गर्ने अनुमति मागेको थियो ।

बैंकले संस्थापक तथा सर्वसाधारण शेयरधनीको पूँजी संरचना ५१ः४९ प्रतिशत कायम गर्नको लागि संस्थापक एफपिओ बिक्रीको योजना अघि सारेको हो । बीओकेमा अहिले सर्बसाधारणको हिस्सेदारी ५५ प्रतिशत र संसथापकको ४५ प्रतिशत हाराहारीमा छ ।

बैंकको लिलामीको सेयरमा मंसिर २२ गतेदेखि २९ गतेसम्म आवेदन गर्न पाइनेछन । सो शेयरमा न्यूनतम एक सय कित्ता देखि अधिकतम ६१,५८,०६७ कित्तासम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

बैंकको निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।सो शेयरमा बैंक अफ काठमाण्डूका सम्पूर्ण शाखा कार्यालय र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडमा दरखास्त दिन सकिनेछ ।
हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ६२ करोड ९५ लाख ७६ हजार रुपैयाँ छ । उक्त सेयर लिलामी पश्चात बैंकको चुक्ता पूँजी ६ अर्ब २४ करोड ५३ लाख ८२ हजार रुपैयाँ पुग्नेछ ।

बीआकेले गत बर्षको खुद नाफाबाट बोनस सेयर बितरण गर्न बाँकी नै छ । बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २२ करोड खुद नाफा कमाएर प्रति सेयर आम्दानी १५ रुपैयाँ ९२ पैसा कायम गरेको छ । बैंकको जगेडा कोषमा ३ अर्ब ५३ करोड रहेको छ भने निस्क्रिय कर्जा २.०८ प्रतिशत छ ।

वि.सं.२०७४ मंसिर ११ सोमवार ०८:४० मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

महालक्ष्मी विकास बैंकद्धारा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न्न कार्यक्रमहरु सम्पन्न...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स...

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

काठमाडौँ | एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म Veel ले आज नेपाल...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...