back

दिदीबहिनी समाज भिक्टोरियाद्धारा घरेलु हिंसासम्बन्धी कार्यक्रम आयोजना

वि.सं.२०७४ मंसिर ११ सोमवार

471 

shares
GLOBAL IME AD
NTC AD

didibahini-samajbमेलबर्न । दिदीबहिनी समाज भिक्टोरियाद्धारा बढ्दो घरेलु हिंसा न्यूनिकरणका संभाबित उपाय र रोकथामलाई केन्द्रबिन्दु बनाएर यस क्षेत्रका नेपालीर अस्ट्रेलियाली बिज्ञहरुलाई सहभागी गराएर घरेलु हिंसासम्बन्धी कार्यक्रम आयोजना गर्‍यो ।

कार्यक्रममा भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनले
पितृसत्तात्मक संस्कारबाट आएको कारण हाम्रो समाजको घरेलु हिंसामा नेपालीसंस्कारले निरन्तरता पाएको पाइने बताउनु भयो । नकारात्मक शक्ति बढी भएकाले जथाभावी लेख्ने र बोल्ने कामले सामाजिक हिंसा बढाउनेतर्फ इंगित गर्दै संस्थाको स्थापना कालदेखि नै यस्का उद्धेस्य प्राप्ती कार्यमा आफ्नो पूर्ण सहयोग रहेको र यस्लाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गर्नु भयो ।

didibahini-samajb.png1

मोरल्याण्ड सिटी काउन्सिलका मेयर जोन कभानाघले दिदीबहिनी समाज भिक्टोरियाद्धारा गरिने कार्यक्रम प्रभाबकारी हुने भएकोले काउन्सिल योसंग मिलेर काम गर्न पाउँदा खुशी लागेको र आगामी दिनमा यस्का कार्यक्रमहरुमा सक्दो सहयोग गर्ने बताउनु भयो।

कार्यक्रममा इन टच मल्टिकल्चरल सेण्टर अगेन्स्ट फेमिली भायलेन्सका एक्जेक्युटिभ प्रोग्राम मैनेजर श्रीमती रोशन भण्डारी, अस्ट्रेलिया पुलिसका घरेलु हिंसा युनिटका सिनियर सर्जेण्ट तानिया गलाघर, नर्दन कम्युनिटी लेगल सेण्टरका मैनेजर हिथर म्याक्लिन, साइकिआट्रिस्ट कन्सल्ट्याण्ट डा अनुपम पोखरेल, बेरी स्ट्रीटका घरेलु हिंसा प्राक्टिसनर शोभा लम्सालले आ-आफ्नो क्षेत्रबाट बिशेष प्रस्तुती गरेका थिए । प्रस्तुतिपछि प्रदान गरिएको केस स्टडीमा समूहगत छलफल गरी समस्या समाधानमा आफूले के योगदान गर्न सकिने भनी सुझाबहरु सुझाइएका थिए ।

दिदीबहिनी समाज भिक्टोरियाका अध्यक्ष जमुना पराजुलीद्धारा स्वागत गरिएको र कोषाध्यक्ष प्रभा श्रेष्ठद्धारा धन्यवाद ज्ञापन गरिएको उक्त कार्यक्रममालुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठ, वि पी चिन्तन प्रतिष्ठान अष्ट्रेलियाका सभापति दुर्गा आचार्य, एनआरएन अस्ट्रेलियाका केन्द्रिय सदस्य निराजन गौली, एनआरएन भिक्टोरियाका सचिब गौतमा लामिछाने, क्रेगिबर्न नेपाली समाजका प्रेम प्रशाद कंडेल आदिको उपस्थिति थियो ।

वि.सं.२०७४ मंसिर ११ सोमवार ०८:१७ मा प्रकाशित

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिभिरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिभिरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिभिरेलाई विशेष सम्मान प्राप्त...

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिका । अमेरिकाको न्यूयोर्कमा रहेर साहित्य सिर्जनामा लागेकी लक्ष्मी श्रेष्ठको...

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्क । उच्च शिक्षा अध्ययनका लागि डेनमार्क पुगेकी एक नेपाली...

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

लन्डन (बेलायत) । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको...

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

काठमाडौँ । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा...

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन्...