back
CTIZAN AD

दिदीबहिनी समाज भिक्टोरियाद्धारा घरेलु हिंसासम्बन्धी कार्यक्रम आयोजना

वि.सं.२०७४ मंसिर ११ सोमवार

849 

shares

didibahini-samajbमेलबर्न । दिदीबहिनी समाज भिक्टोरियाद्धारा बढ्दो घरेलु हिंसा न्यूनिकरणका संभाबित उपाय र रोकथामलाई केन्द्रबिन्दु बनाएर यस क्षेत्रका नेपालीर अस्ट्रेलियाली बिज्ञहरुलाई सहभागी गराएर घरेलु हिंसासम्बन्धी कार्यक्रम आयोजना गर्‍यो ।

कार्यक्रममा भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनले
पितृसत्तात्मक संस्कारबाट आएको कारण हाम्रो समाजको घरेलु हिंसामा नेपालीसंस्कारले निरन्तरता पाएको पाइने बताउनु भयो । नकारात्मक शक्ति बढी भएकाले जथाभावी लेख्ने र बोल्ने कामले सामाजिक हिंसा बढाउनेतर्फ इंगित गर्दै संस्थाको स्थापना कालदेखि नै यस्का उद्धेस्य प्राप्ती कार्यमा आफ्नो पूर्ण सहयोग रहेको र यस्लाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गर्नु भयो ।

didibahini-samajb.png1

मोरल्याण्ड सिटी काउन्सिलका मेयर जोन कभानाघले दिदीबहिनी समाज भिक्टोरियाद्धारा गरिने कार्यक्रम प्रभाबकारी हुने भएकोले काउन्सिल योसंग मिलेर काम गर्न पाउँदा खुशी लागेको र आगामी दिनमा यस्का कार्यक्रमहरुमा सक्दो सहयोग गर्ने बताउनु भयो।

कार्यक्रममा इन टच मल्टिकल्चरल सेण्टर अगेन्स्ट फेमिली भायलेन्सका एक्जेक्युटिभ प्रोग्राम मैनेजर श्रीमती रोशन भण्डारी, अस्ट्रेलिया पुलिसका घरेलु हिंसा युनिटका सिनियर सर्जेण्ट तानिया गलाघर, नर्दन कम्युनिटी लेगल सेण्टरका मैनेजर हिथर म्याक्लिन, साइकिआट्रिस्ट कन्सल्ट्याण्ट डा अनुपम पोखरेल, बेरी स्ट्रीटका घरेलु हिंसा प्राक्टिसनर शोभा लम्सालले आ-आफ्नो क्षेत्रबाट बिशेष प्रस्तुती गरेका थिए । प्रस्तुतिपछि प्रदान गरिएको केस स्टडीमा समूहगत छलफल गरी समस्या समाधानमा आफूले के योगदान गर्न सकिने भनी सुझाबहरु सुझाइएका थिए ।

दिदीबहिनी समाज भिक्टोरियाका अध्यक्ष जमुना पराजुलीद्धारा स्वागत गरिएको र कोषाध्यक्ष प्रभा श्रेष्ठद्धारा धन्यवाद ज्ञापन गरिएको उक्त कार्यक्रममालुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठ, वि पी चिन्तन प्रतिष्ठान अष्ट्रेलियाका सभापति दुर्गा आचार्य, एनआरएन अस्ट्रेलियाका केन्द्रिय सदस्य निराजन गौली, एनआरएन भिक्टोरियाका सचिब गौतमा लामिछाने, क्रेगिबर्न नेपाली समाजका प्रेम प्रशाद कंडेल आदिको उपस्थिति थियो ।

वि.सं.२०७४ मंसिर ११ सोमवार ०८:१७ मा प्रकाशित

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...