Logo
१८ मंसिर २०७८, शनिबार
     Sat Dec 4 2021
E-paper
  English Edition
   Unicode
Logo

जनताका जीवन–भक्षक



khagendra-sangraulaसमयसँगै जिद्दी पनि लाचार भएर हार्दाे रहेछ । प्रोस्टेट उर्पm मूत्रग्रन्थीको टुन्कोले दुःख दिन थालेको दशवर्ष भयो । पाँच वर्षसम्म औषधिले राम्रै कामग¥यो । तुक्र्याउँदा अलि कन्नु पर्ने, हतार नगरी कनेर मूत्र निखार्नु पर्ने, आखिरमा माल हल्लाएर रहलपहल थोपा झार्नुपर्ने । बस्, पाँचवर्ष सुखम्–दुखम् यसैगरी चल्यो । त्यसपछि शनैः शनैः साह्रोगाह्रो शुरु भयो । मूत्रत्यागको अन्तराल घट्यो । छिनछिनमा पिसापले च्याप्न थाल्यो । पिसाप फेरेर चर्पीबाट कोठामा आयो, फेरि जाउँजाउँ लाग्ने । पिसाप गढेर अटेर गर्दै जमेको छ झै लाग्ने । फेरि गयो अनि फेरि उहीक्रम दोहोरिने । क्रमशः मूत्रप्रवाह मन्द भयो । डोलो प्रवाहको सट्टा मूत्र तितर वितर हुनथाल्यो । कहिले कता छिर्का हान्या छ, कहिले कता । कहिले नाथेले ब्रोले कट्टु नै बिटुल्याइदिया छ । मूत्रश्रीको अराजकता बढेर गयो । हतारमा तुक्र्याउँदा रहलपहल तरल तत्व वस्त्रमै झर्न थाल्यो । परेन कि संकट !

ममतामयी मन र कुशल हातभएका मेरा डाक्टरले भने—चिरफार सिबाय अब उपाय छैन ब्रो । तर चिरफार नगर्न मैले जिद्दी गरिरहेँ । कोमल ज्यानमा, अझ त्यसमाथि सृष्टिकर्ताको भूमिका निर्वाह गर्ने संवेदनशील अङ्गमा सकेसम्म छुरा चलाउनु हुँदैन भन्ने लागिरह्यो । तर लाग्नु एउटा कुरा हो, ज्यानले थेग्नु अर्कै कुरा । ज्यान थाक्यो । छिनछिनमा मूत्रत्यागको यात्रामा जानुपर्ने । फर्केर बस्नै नपाई अर्को राउण्डले निम्ता दिइहाल्ने । हुँदाहुँदा यस्तो लाग्नथाल्यो मानौँ म जन्मेकै मुत्नका लागि हो । आखिरमा थकित र आजीत भएर मेरो जिद्दीले घुँडा टेक्यो । र, गृहनगरी चाबेलकै हेल्पिङ ह्याण्डस्मा अप्रेशन गर्ने अठोट गरियो ।

हेल्पिङ ह्याण्डस् भन्ने पदावलीले अस्पताल नामक दरिद्र छाप्रोको एउटा बिम्बमा उतार्छ । त्यस्तो अस्पताल जहाँ न भवन गतिलो हुन्छ, न गतिला उपकरण हुन्छन्, न दक्ष डाक्टर हुन्छन्, न अन्य सेवा–सुविधा र सरसफाइ नै गतिला हुन्छन् । विपन्नजनका लागि सस्तो भाउमा सस्तै उपचार दिने सस्तो अस्पताल ! तर यो अस्पतालको भने अहिले कायाकल्प भएको छ । भवन, उपकरण, डाक्टर, सेवा–सुविधा र सरसफाइले राम्रैसँग छलाङ मारेका छन् । विपन्नजनका लागि यसको ‘हेल्पिङ’ रुपी भावनाको अवस्था के छ म त्यो जान्दिनँ । पूँजीवादमा लगानीले लाभ खोज्छ । लाभको चाहनाले संस्थाको हेल्पिङ रुपी भावनाका जरा उधिन्छ । यहाँ पनि त्यस्तै हुँदै होला शायद । तर मलाई भने अस्पतालका चीफ गुप्तबहादुर श्रेष्ठले मनग्ये सुविधा दिए । किनहो म जान्दिनँ । उनी न मेरी आमापट्टिका न मेरा मामापट्टिका । म न उनका गाउँको, न उनका पार्टीको । म न उनले लाभ लिनसक्ने सत्ताको कुनै पदमा छु, न म दौलतको चाङ माथि उभिएको छु । तैपनि उनले मप्रति ठूलो आदरभाव र अनुराग प्रदर्शन गरे । त्यो किनहो म जान्दिनँ । शायद मेरो कथित नामले उनका अस्पतालको पहिचानविहीन पहिचानमा आकर्षणको लेप लगाइदेला भनेर होला ।

हेल्पिङ ह्याण्डस्मा अप्रेशन गर्ने कुरा सुनेर मेरा मित्रहरू जिल् परे । छोराछोरी झस्किए । जानीजानी मर्न खोज्या हो ? कतिले वचनले, कतिले नयनले मलाई भने । यो हेल्पिङ ह्याण्डस् त्यति चुत्थो छैन भनेर मित्रगण र आफन्तजनलाई सम्झाउन मलाई महाभारतै भयो । आखिरमा मेरो जिद्दीले जित्यो, तिनका चिन्ताहरूले हार खाए । उखान भन्छ— घाँटी हेरी हाड निल्नू । मैले घाँटी हेरी हाड निलेँ । यो अस्पताल मेरो घरपाइकमा पर्छ । जान बाटो काट्नु पर्दैन । बाँकी जीवन अस्पतालमा तारिख धाउँदैमा सकिन्छ भन्ने मलाई थाहा छ । त्यसैले त मैले यसरी जिद्दीरुपी अस्त्र प्रयोग गरेँ ।

जे भायो राम्रो भयो । अप्रेशन हानिरहित भयो । अहिले म गम्छु— मुत्रथैलीको टुन्कोको पनि वर्ग वा हैसियत हुँदो रहेछ । ज्यानको मूल्य हेरी कसैको टुन्को धेरै मूल्यवान्, कसैको टुन्को कम मूल्यवान् । मेरो टुन्कोको हैसियत चाबेलको हेल्पिङ हेण्डस्सरह रहेछ । मेरा एकजना पुराना मित्र छन् । ती कम्निस्ट नामको आवरण भिरेको एक पार्टीका अध्यक्ष हुँदा भए । अर्को दलको कृपाले ती कठपुतली प्रधानमन्त्री पनि भइटोपले । थर तिनको खनाल हो, नाम बिर्सेँ । तिनलाई प्रोस्टेट वामूत्रग्रन्थीको टुन्कोले सतायो । भन्ने बेलामा ती आपूmलाई जनवादी, समाजवादी, साम्यवादी भन्थे । यी वादको अर्थ जनता सर्वोपरि हो भन्ने हो । समष्ठिको कल्याणमै व्यक्तिको कल्याण छ भन्ने हो । जीवनको उच्चतम् मूल्य समानता, समभाव र सहअस्तित्व हो भन्ने हो । तर यी विलासी, यी ढोँगी र यी ठगले ननिको चर्तिकला देखाए । यिनले गरे के भने, मान्यवर, यी स्वघोषित अति विशिष्टले आप्mनो पूर्वपदको दुरुपयोग गरे । यिनले जनताका रगत र आँसुले बनेको राज्यको कोष लुटे । लुटेको पनि थोरैतिनो होइन, सुनिजाने अनुसार दुई करोड रुपियाँ ! लुटे अनि रकमको लूटको थैलो कुल्लीलाई बोकाए, र गए अमेरिका । किन ? प्रोस्टेट उर्पm मूत्रग्रन्थीको टुन्कोको अप्रेशन गराउन ।

पहिले मुकुटधारी बडे राजा त्यसरी जान्थे । अहिले यी टोपीधारी छोटे राजा जान्छन् । यी जनताका आँखामा छारो हाल्न राष्ट्रवाद जप्छन् र राष्ट्रलाई यसरी ठग्छन् । स्वदेशी अस्पताल यिनका नजरमा अस्पताल होइनन्, केवल मुर्दाघर हुन् । स्वदेशी डाक्टर यिनका दृष्टिमा डाक्टर होइनन्, केवल काँचा कबाडी हुन् । स्वदेशी ज्ञान, अनुभव र दक्षता यिनका नजरमा तुच्छ जिनिस हुन् । राम्रा चीज केवल विदेशी हुन् । यी लबेदा–सुराल एवम् टोपीधारी ढोँगीहरू विदेशपूजक विलास वीर हुन् ।

हेल्पिङ ह्याण्ड्सले मेरो निर्वाह चल्यो । रोग गयो, आरोग्य आयो । यसका लागि मैले कसैको केही लुट्नु परेन । जो लुटेरा हो, कुन्नि, दुई करोडको थैलोले उसको मूत्रथैलीको टुन्को कटानपछि त्यहाँ सुनको जलप पो लगाइयो कि ! दुई करोडले, मान्यवर, स्वदेशका राम्रै अस्पतालमा चार सय जनसाधारणको प्रोस्टेटको अप्रेशन हुनसक्छ । तसर्थ यी लुटेरा जो हुन्, यी चार सय जनसाधारणका जीवन–भक्षक हुन् !


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पाल्पा । नेकपा (माओवादी केन्द्र) पाल्पाको रिब्दीकोट गाउँपालिकाको अध्यक्ष नारायण बहादुर कार्की चयन भएका

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले भारतमा छात्रवृत्ति अध्ययनका लागि जाने

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा