आदरणीय पाठकबृन्द डाउटर बाबुराम भट्टराई यो देशका पूर्वप्रधानमुन्तीर मात्र होइनन्, उनी २०२६ को ब्याचका एसएलसी बोर्ड फस्ट पनि हुन् । त्यति मात्रै कहाँ हुनु र उनी त २०४६ मा बहुदल ल्याउन गठित जनवादी शक्तिहरूको मोर्चा संयुक्त राष्ट्रिय जनआन्दोलनका प्रवक्ता पनि हुन् । बाबुरामलाई तीक्ष्ण, नैतिक र, बौद्धिक भनेर चर्चा गर्ने मुन्छेको संख्या कम छैन्, पाठकबृन्द । प्रधानमन्त्री हुँदा मुस्ताङ म्याक्स चढेर, थारु र दलितको घरमा बास बसेर उनले समृद्धिको सपना सोचेका थिए । दिनरात नभनी, ब्रेकफास्ट, लन्च र डिनरको समेत प्रवाह नगरी संविधान निर्माणमा जुटेका थिए । बाबुरामले एकाएक नयाँ शक्ति खोली हाल्लान भन्ने कसैलाई लागेको थिएन । तीसौँ वर्षदेखि प्रचण्डसँग पौठेजोरी खेल्दै आएका उनले प्रचण्डलाई गलाएर पार्टी अध्यक्ष बन्ने छन् भन्ने धेरैलाई लागेको पनि थियो । तर, उनी संविधान घोषणाकै दिन साँझ बम्के । उनको आँखामा समस्या देखियो । त्यसबाहेक पनि उनीसँग लीलामणि पौडेल र रविन्द्र मिश्रहरूको नाउँ पनि जोडिएकै थियो ।
ओली र प्रचण्डहरूसँग बराबरीमा पुगेर कम्युनिष्ट पार्टीको सदस्य बन्ने गरी संयोजन समितिमा बसेका बाबुराम एक हप्ता पनि नटिकेर फेरि ‘नयाँ शक्ति’ भन्दै रुखको छहारीमा पुगेका छन् रे पाठकबृन्द । बाबुरामलाई एउटा सिटमा दया नगर्ने हठ र जड पनि कम्ति जिम्मेवार छैनन् यसमा । तर ठाउँ नदिए बरु चुनाव नलड्ने भनेको भए ओली र प्रचण्ड त उनीसँग झुक्नु पथ्र्यो नी होइन र ? बाबुरामको आँखाले घामको चर्को ताप पनि सहेन र हसिया हथौडाको आवाज पनि सुन्न सकेन । अहिले त्यहि त भनौँ बाबुरामको आँखा घामले पोलेपछि रुखमुनी पुगेको होइन र पाठकबृन्द !
वि.सं.२०७४ मंसिर १२ मंगलवार ०२:४१ मा प्रकाशित