back
CTIZAN AD

ज्ञानेन्द्रको मसला

वि.सं.२०७४ मंसिर १२ मंगलवार

948 

shares

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा नेतृत्व नभएकोले आफू तयार भएको बताएपछि आदरणीय पाठकबृन्दलाई के लागेको छ कुन्नी ! कर्केनजरलाई भने ज्ञानेन्द्रप्रति दया पलाएको छ, पाठकबृन्द ।
तिहारको दिन उनकै भाषामा भन्ने हो भने आफन्त र परीवारसँग रमाइलो मानी बस्ने दिन, बैनीसँग टीका लगाएपछि उपस्थित गराएर संचारकर्मीलाई उनले मसलै हुने गरी बोलेछन् । दिपावलीको पावन अवसरमा देशबासीलाई शुभकामना दिदैँ उनले देशकोे पछिल्लो अवस्थाप्रति चासो र चिन्ता जाहेर गरेको बताए । दुबोको माला, मखमली माला र गोदावरी फूलको महत्व नबुझेर कागजको फूलको मालाबाट सुवास खोजेको गम्भीर आरोप समेत दलहरूलाई लगाए । ‘अब नेतृत्व दिने समय आएजस्तो छ’ उनले खुलेरै झनै धक नमानी आफ्नो चाहना व्यक्त गरे । मागेको समय आएजस्तो छ, उनले थप्दै पनि गए ।
तिहारको बेला मिडियाहरूले मसला पाए । यो मसला असला सहितको हो÷होइन, यो कुरो पूर्वराजा ज्ञानेन्द्रलाई नै थाहा होला । तर, चुनाव लडेर राष्ट्रपति बन्न पाउने बेलामा ज्ञानेन्द्र सरकारले बढि बोले भनेर कतैबाट पनि आएन गाँठे । अघिल्लो दिन साँझ देउवाले बामगठबन्धनबाट देश अधिनायकवादतर्फ भन्नु, पछिल्लो दिउँसो ज्ञानेन्द्रले ‘नेतृत्व र समय’को कुरा बोल्नुलाई कसैले सामान्य भन्लान् तर यसलाई सामान्य मात्रै नै भन्न मिल्ला र पाठकबृन्द ! त्यस्तै हो भने त ज्ञानेन्द्रले असला बिना मसला बाँडेका हुन् भन्दिए त पुगिहाल्यो नी हैन र ?

वि.सं.२०७४ मंसिर १२ मंगलवार ०२:४२ मा प्रकाशित

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने...

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

काठमाडौं  । नेपाली कांग्रेसले पार्टीलाई चुनावी जोडघटाउबाट मुक्त गरी विशुद्ध...

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुर । भोजपुरमा एक युवामाथि खुकुरी प्रहार भएको छ ।...

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा । स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको छ...