back

ज्ञानेन्द्रको मसला

वि.सं.२०७४ मंसिर १२ मंगलवार

156 

shares
NTC AD
Global IME AD

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा नेतृत्व नभएकोले आफू तयार भएको बताएपछि आदरणीय पाठकबृन्दलाई के लागेको छ कुन्नी ! कर्केनजरलाई भने ज्ञानेन्द्रप्रति दया पलाएको छ, पाठकबृन्द ।
तिहारको दिन उनकै भाषामा भन्ने हो भने आफन्त र परीवारसँग रमाइलो मानी बस्ने दिन, बैनीसँग टीका लगाएपछि उपस्थित गराएर संचारकर्मीलाई उनले मसलै हुने गरी बोलेछन् । दिपावलीको पावन अवसरमा देशबासीलाई शुभकामना दिदैँ उनले देशकोे पछिल्लो अवस्थाप्रति चासो र चिन्ता जाहेर गरेको बताए । दुबोको माला, मखमली माला र गोदावरी फूलको महत्व नबुझेर कागजको फूलको मालाबाट सुवास खोजेको गम्भीर आरोप समेत दलहरूलाई लगाए । ‘अब नेतृत्व दिने समय आएजस्तो छ’ उनले खुलेरै झनै धक नमानी आफ्नो चाहना व्यक्त गरे । मागेको समय आएजस्तो छ, उनले थप्दै पनि गए ।
तिहारको बेला मिडियाहरूले मसला पाए । यो मसला असला सहितको हो÷होइन, यो कुरो पूर्वराजा ज्ञानेन्द्रलाई नै थाहा होला । तर, चुनाव लडेर राष्ट्रपति बन्न पाउने बेलामा ज्ञानेन्द्र सरकारले बढि बोले भनेर कतैबाट पनि आएन गाँठे । अघिल्लो दिन साँझ देउवाले बामगठबन्धनबाट देश अधिनायकवादतर्फ भन्नु, पछिल्लो दिउँसो ज्ञानेन्द्रले ‘नेतृत्व र समय’को कुरा बोल्नुलाई कसैले सामान्य भन्लान् तर यसलाई सामान्य मात्रै नै भन्न मिल्ला र पाठकबृन्द ! त्यस्तै हो भने त ज्ञानेन्द्रले असला बिना मसला बाँडेका हुन् भन्दिए त पुगिहाल्यो नी हैन र ?

वि.सं.२०७४ मंसिर १२ मंगलवार ०२:४२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

घोराही (दाङ) । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो...