
कति सजिलै बिर्सियौ तिमिले कोरेको मेरो सिँउदो ,
लास त बनाइ दियौ तर सासले गर्दा म छु जीँउदो।
बाजा बज्यो रे तिम्रो बिबाहमा फेरि बेहुला भयौ रे,
सपनिमा देखेकी मैले तिमि मलाई सम्झेर रोयौ रे।
भर्यौ रे सिँउदो अरु कसैको जोड्यौ रे नाता मन संग ,
खेल्दै छौ रे लुकामारी लह लह कसैको यौवनसंग।
यौवन त एउटा प्यास हो यो प्यास कहिल्यै मेटिन्न ,
फेर्यौ तिमिले यौवन को साथि तर मन को साथि भेटिन्न।
खोट देखाउँछौ रे तिमी मलाई आफ्नो गल्ती लुकाउन
मेरो त स्थान तिमी नै हौ शिर त तिमी लेनै पर्छ झुकाउन।
भो नगर बदनाम तिमी मेरो आफु चोखो हुनलाई
पस्चतापको ज्वाला फुट्दा नपाइएला ठाउँ बसेर रुनलाई।
जितेउ रे संसार आज तिमी ले बाँच्दै छु म त हारेर,
ब्रम्ह हत्या लाग्छ तिमीलाई जीउँदै मलाइ मारेर।
बाटो पनि फेर्यौ रे तिमी ले साथी पनि फेर्यौ ,
आफ्नै मनको एेना भित्र आफैं गिरेको हेर्यौ ।
आफैं गिरेको हेर्यौ।