back
CTIZAN AD

मनको एेना

वि.सं.२०७४ मंसिर १२ मंगलवार

1.1K 

shares

humagaiकति सजिलै बिर्सियौ तिमिले कोरेको मेरो सिँउदो ,

लास त बनाइ दियौ तर सासले गर्दा म छु जीँउदो।
बाजा बज्यो रे तिम्रो बिबाहमा फेरि बेहुला भयौ रे,

सपनिमा देखेकी मैले तिमि मलाई सम्झेर रोयौ रे।
भर्यौ रे सिँउदो अरु कसैको जोड्यौ रे नाता मन संग ,

खेल्दै छौ रे लुकामारी लह लह कसैको यौवनसंग।
यौवन त एउटा प्यास हो यो प्यास कहिल्यै मेटिन्न ,
फेर्यौ तिमिले यौवन को साथि तर मन को साथि भेटिन्न।

खोट देखाउँछौ रे तिमी मलाई आफ्नो गल्ती लुकाउन

मेरो त स्थान तिमी नै हौ शिर त तिमी लेनै पर्छ झुकाउन।

भो नगर बदनाम तिमी मेरो आफु चोखो हुनलाई

पस्चतापको ज्वाला फुट्दा नपाइएला ठाउँ बसेर रुनलाई।
जितेउ रे संसार आज तिमी ले बाँच्दै छु म त हारेर,
ब्रम्ह हत्या लाग्छ तिमीलाई जीउँदै मलाइ मारेर।
बाटो पनि फेर्यौ रे तिमी ले साथी पनि फेर्यौ ,
आफ्नै मनको एेना भित्र आफैं गिरेको हेर्यौ ।
आफैं गिरेको हेर्यौ।

वि.सं.२०७४ मंसिर १२ मंगलवार ०३:१५ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...