back
CTIZAN AD

 मतपेटिकालाई दलका प्रतिनिधिले पहरेदारी गर्ने

वि.सं.२०७४ मंसिर १२ मंगलवार

804 

shares

१२ मंसिर, जुम्ला । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएसँगै सदरमुकाम जुम्ला खलंगामा भित्रिएका २७० मतपेटिकालाई दलका प्रतिनिधिहरुले पनि पहरेदारी गर्ने भएका छन् ।

भित्रिएका सबै मतपेटिका उच्च सरकारी वकिल कार्यालय जुम्लाको नवनिर्मित भवनमा बन्द गरी राखिएको छ । जुम्लाका सम्पूर्ण राजनीतिक दल, जिल्ला सुरक्षा समितिको रोहवरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले मतपेटिका कैद गरी सिलबन्दी गरेर राखेको सहायक निर्वाचन अधिकृत इन्द्र खड्काले जानकारी दिनुभयो ।

सोमबार दिउसो ४ः०० बजे भित्रिएका २७० वटै मतपेटिका सुरक्षाका लागि अदालत परिसरमा रहेको सरकारी वकिल कार्यालयमा राखिएको हो । त्यसको सबैभन्दा बाहिरी घेरामा नेपाली सेना, भित्री घेरामा सशस्त्र प्रहरी, जनपथ प्रहरी र दलका प्रतिनिधिहरुले पनि २४सै घण्टा सुरक्षा दिने व्यवस्था गरिएको सहायक निर्वाचन अधिकृत खड्काले बताउनुभयो ।

सिलबन्दी गरिएको ढोकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र राजनीतिक दल दुवैको तालाबन्दी गरिएको छ । मतपेटिका सिल गरेर राखेको उक्त भवन भने सुरक्षाकर्मीको उच्च सुरक्षामा त हुने नै छ, त्यसमा अझ थप आ–आफ्नो उम्मेदवारी उठाएका दलले आफ्ना प्रतिनिधिहरुलाई पनि २४सै घण्टा काममा खटाउने निर्णय गरेका छन् ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको ४५ जिल्लाको दोस्रो चरणको चुनाव यही मंसिर २१ गते बेलुका ५ः०० बजे सम्पन्न भइसकेपछि जुम्लाको मतगणना शुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वि.सं.२०७४ मंसिर १२ मंगलवार ०४:०४ मा प्रकाशित

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

काठमाडौँ । प्रदेश सरकारहरू फेरबदल हुने चर्चाले यतिबेला राष्ट्रिय राजनीतिमा...

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’...

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन...