back
CTIZAN AD

अझैपनि  टुकीको भरमा रात बिताउँछन् कुमाल बस्ती

वि.सं.२०७४ मंसिर १२ मंगलवार

711 

shares

१२ मंसिर, पाल्पा । पाल्पा बगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल बस्तीका बासिन्दा अझै टुकीको भरमा रात बिताउन बाध्य छन् ।

गरिबीको कारण कुमाल बस्तीका १० घरपरिवारमा अझैसम्म टुकीको भरमा रात बिताउनुपर्ने बाध्यता छ । छोराछोरीलाई टुकीको उज्यालोमा रातमा पढ्दा आँखा तथा श्वासप्रश्वास समस्या हुने गरेको छ ।

घोरबन्दाकी ज्ञानीसरा कुमालले पोल टाढा रहेकाले २०० मिटर तार ल्याउन, विद्युत्का सामान, विद्युत्को वाइरिङका लागि खर्च जुटाउन नसक्दा घरमा बिजुली बाल्न नसकेको बताउनुभयो ।

“अरुको घरमा बिजुली बलेको हेर्छु । तानसेनमा बल्छ, आफ्नो घरमा यो जुनीमा बिजुली नबल्ने नै भयो, अर्को जुनीमा बिजुली बल्ला”, कुमालले गुनासो पोख्नुभयो ।

सदरमुकाम तानसेनसँग जोडिएको यो बस्ती रहे पनि आर्थिकरुपमा विपन्न भएकाले माछा मारेर उनीहरुले जीविकोपार्जन गर्नुपर्ने बाध्यता छ ।

श्रीमान् बिरामीले ग्रस्त बनेको ज्ञानीसराका दुई छोरा, एक छोरी, श्रीमान्–श्रीमती गरी पाँचजनाको परिवारको लालनपालन र शिक्षादीक्षाका लागि खर्च जुटाउन समस्या भएको छ ।

पाल्पालाई टुकीरहित बनाउने

यसैगरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरिप्रसाद नेपालले सात वर्षभित्र पाल्पालाई टुकीरहित बनाउने बताउनुभएको छ ।

चुनावी सभामा उहाँले संविधान निर्माणका लागि जनताले दिएको अभिभारा आफूले पूरा गरेकाले यसपालिको निर्वाचनमा आफूलाई जिताउने बताउनुभयो उहाँले युवालाई गाउँ बस्तीमा स्वरोजगार बनाउने योजना रहेको बताउनुभयो ।
चुनावी सभामा पार्टीका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले कृषि पशुपालन वनजन्य उद्योगबाट युवालाई स्वरोजगार र आर्थिक समृद्धि बनाउने कार्यमा नेपाली काँग्रेसको नेतृत्वबिना सम्भव नभएको बताउनुभयो ।

वि.सं.२०७४ मंसिर १२ मंगलवार ०४:१० मा प्रकाशित

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

काठमाडौँ । प्रदेश सरकारहरू फेरबदल हुने चर्चाले यतिबेला राष्ट्रिय राजनीतिमा...

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’...

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन...