back
CTIZAN AD

काँग्रेसमा आस्था हुँदैमा सधैं बुढो रुखमा भोट हाल्नुपर्दैन – कृष्णभक्त पोख्रेल

वि.सं.२०७४ मंसिर १२ मंगलवार

693 

shares

uml-in-chitwan
शिशिर सिंखडा

१२ मंसिर, चितवन, खोलेसिमल । नेकपा एमालेका अध्यक्ष एवम् प्रतिनिधि सभा चितवन क्षेत्र नं. २ का संयुक्त वाम गठबन्धनका उम्मेदवार कृष्णभक्त पोख्रेलले नेपाली कांग्रेसमा आस्था राख्दैमा सधैं बुढो रुखमा नै भोट हाल्नु नपर्ने बताएका छन् । नेपाली कांग्रेसले पटक पटक दुई तिहाई र बहुमतको सरकारमा रही काम गरेपनि देश र जनताको लागि काम गर्न नसकेकोले बुबा, हजुरबुबाले भोट हाल्ने गरेको भए पनि यसपटक रुखमा भोट नहाल्न अनुरोध गरेका थिए ।

सोमबार कालिका नगरपालिकाको वडा नं. ६ र १ मा आयोजित घरदैलो तथा मतदाता भेटघाटको क्रममा खोलेसिमल बजारमा आयोजित कोणसभामा सम्बोधन गर्दै उम्मेदवार पोख्रेलले स्थानीयको भरोसा र काम गर्न सक्ने वाम गठबन्धनका उम्मेदवारलाई सूर्य र गोलाकार भित्रको हसिया हथौडा चिन्हमा मतदान गरी विजयी गराउन स्थानीयलाई आग्रह गरेका थिए ।

चितवनको समग्र विकास गर्दै यस क्षेत्रका जनताको शिक्षा, स्वास्थ्य, रोजगारको ग्यारेण्टी गर्न हाम्रो गठबन्धन प्रतिवद्ध रहेको पोख्रेलले बताए । यसै नगरपालिकाको शक्तिखोर क्षेत्रमा बन्ने औद्योगिक क्षेत्रमा हजारौं युवाहरुलाई रोजगारी प्रदान गर्ने, अव्यवस्थित एवम् पूर्जाविहिनहरुलाई स्थानीय नगरपालिकाको समन्वयमा पूर्जा वितरण गरेरै छाड्ने उम्मेदवार पोख्रेलले बताए । कोही कसैले भ्रमको खेती गरी वाम गठबन्धनलाई बिगार्न नसक्ने भन्दै क्षणिक स्वार्थका कुरा गर्नेहरुसँग सचेत रहन पनि पोख्रेलले आग्रह गरेका थिए ।

uml-in-chitwanqवाम गठबन्धनले चितवनका सबै क्षेत्रमा निर्वाचन जित्ने – प्रदेश सभा उम्मेदवार घनश्याम दाहाल
कार्यक्रममा प्रदेश सभा चितवन क्षेत्र नं. २ “ख” का उम्मेदवार घनश्याम दाहालले नेपाली कांग्रेसका उम्मदेवारहरुले आफु पराजित मानसिकतामा वाम गठबन्धनलाई गाली गर्दै हिडेको बताएका छन् । चुनाव हार्ने भएपछि यसै प्रदेशका उम्मेदवारले आफुलाई मात्र भोट माग्दै हिडेको भन्दै दाहालले वाम गठबन्धनले चितवनका सबै क्षेत्रमा निर्वाचन जित्ने भएकोले ढुक्कसँग गठबन्धनलाई मतदान गर्न आग्रह गरेका थिए ।

कांग्रेस भएकोमा हिनताबोध – त्रिलोचन पौडेल
खोलेसिमल बजारमा आयोजित सोही कोणसभामा नेपाली कांग्रेसमा ५० वर्षभन्दा बढी क्रियाशील रही काम गरेका नेता त्रिलोचन पौडेलले नेपाली कांग्रेसको रुख ढलिसकेको भन्दै अब कांग्रेसको भ्रममा नपर्न स्थानीयलाई आग्रह गरेका थिए । नेपाली कांग्रेस अब सदाको लागि पराजित भएको भन्दै पौडेलले सरकारमा रहेर कहिल्यै पनि जनताको काम गर्न नसक्ने कांग्रेस प्रजातन्त्र र लोकतन्त्रको पक्षमा हुन नसक्ने बताए । आफु नेपाली कांग्रेसमा ५० वर्ष कार्यरत रहदा गल्ती गरेको आफैलाई हिनताबोध भएको बताउँदै पौडेलले वाम गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराएर राष्ट्र र राष्ट्रियताको पक्षमा लाग्न अनुरोध समेत गरेका थिए ।

वि.सं.२०७४ मंसिर १२ मंगलवार ०९:०६ मा प्रकाशित

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को बागलुङ जिल्ला कार्यसमिति ‘जिल्ला...

सेयर बजारमा हरियाली नेप्से ४१.७० अंकले बढ्यो

सेयर बजारमा हरियाली नेप्से ४१.७० अंकले बढ्यो

काठमाडौँ । साताको  पहिलो कारोबार दिन सोमबार धितोपत्र बजारमा उत्साहजनक...

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट...

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक...

साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम

साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम

काठमाडौँ । यस वर्षको साउनको पहिलो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा...

प्रश्नपत्र चुहावटविरुद्ध भारतमा युवा आन्दोलन चर्कियो

प्रश्नपत्र चुहावटविरुद्ध भारतमा युवा आन्दोलन चर्कियो

नयाँदिल्ली । प्रहरीले अनुमति नदिए पनि शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा...