back
CTIZAN AD

कोरियामा प्रकाश र पाख्रिनको सम्झनामा श्रद्धाञ्जली सभा

वि.सं.२०७४ मंसिर १२ मंगलवार

702 

shares

prakash-pakhrin
नयाँशक्तिका युवानेता तथा लेखक, साहित्यकार मिलनकान्छा किरातीले सामन्ती राज्य व्यवस्थाको अन्त्यसँगै अबको कार्यभार आर्थिक समृद्धि निर्माण गर्नु रहेको बत्ताएका छन ।

कोरियाको राजधानी सोलस्थित एनआरएनको भवन नेपाल हाउसमा नेपाली जनप्रगतिशील मञ्चद्धारा आयोजित भर्खरै हृदयघातबाट दिवंगत नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य प्रचण्ड पुत्र प्रकाश दाहाल र जनवादी गायक खुशीराम पाख्रिनको श्रद्धाञ्जली सभामा बोल्दै उक्त कुरा बताएका हुन ।

उनले भने, ‘हिजो सामन्ती राज्यको कालो व्यवस्थाविरुद्ध लड्दा प्रकाशले जत्तिकै सबै नेपालीले विशेषगरी युवाहरुले योगदान दिन सकेको भए अहिले खिचडी गणतन्त्र देख्नु पर्ने थिएन । सडकबाटै जनताले पियोर गणतन्त्र प्राप्त गर्न सक्ने थिए । हिजोका आन्दोलनबाट प्राप्त उपलब्धिहरु संस्थागत गर्ने आरम्भ प्रदेश र प्रतिनिधिसभाको निर्वाचनबाट भएको छ । व्यवस्था फेर्न लड्ने सहीद र योद्धाहरुको सपना पुरा गर्न अबको कार्यभार आर्थिक समृद्धि निर्माण गर्नु हो ।’

नयाँशक्ति पार्टी साँस्कृतिक विभाग केन्द्रीय सदस्य तथा अन्तराष्ट्रिय नेपाली समाज कोरियाको सल्लाहकारसमेत रहेका किरातीले अनेक कष्ट सहेर जनताको पक्षमा अहोरात्र सिर्जनामार्फत आवाज ओकल्ने साँस्कृतिक धरोहर जनवादी गायक खुशीराम पाख्रिन दुःखी, दिनहीन जनताको मनमा जीवन्त सधैँ बाँच्ने बत्ताए । प्रकाश र पाख्रिनको दुःखद घटनाले माओवादी केनद्रलाई अपुरणीय क्षति पुगेकोप्रति दुःख व्यक्त गर्दै पार्टीपङ्ति र शोक सन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति प्राप्त हुन सकोस भन्ने कामना गरेका थिए ।

नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाका अध्यक्ष खगेन्द्र बुढाको अध्यक्षता रहेको उक्त सभामा विभिन्न राजनैतिक दल, सामाजिक सङ्घ संस्था र लब्ध, प्रतिष्ठित व्यक्तित्वहरु उपस्थित भएर प्रकाश र पाख्रिनलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

वि.सं.२०७४ मंसिर १२ मंगलवार ०८:५५ मा प्रकाशित

नर्वेको ओस्लो सहरमा हरितालिका तीज सांस्कृतिक कार्यक्रम हुने

नर्वेको ओस्लो सहरमा हरितालिका तीज सांस्कृतिक कार्यक्रम हुने

ओस्लो, नर्वे । नेपाली पोर्चुगीज समाज नेपोस नर्वेको नियमित बैठक...

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...