back
CTIZAN AD

अध्यक्ष भट्टद्वारा भवानी राणालाई टोकन अफ एप्रिसियसन प्रदान

वि.सं.२०७४ मंसिर १२ मंगलवार

801 

shares

bhabani-and-bhaban
नोभेम्वर २४ का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले संघको सचिवालय नागपोखरीमा सर्न लागेको जानकारी गराएका छन् । नेपाल उद्योग वाणिज्य महासंघमा भएको भेटघाटमा संघका अध्यक्ष भवन भट्टले महासंघ अध्यक्ष राणालाई हार्दिक धन्यवादको पत्रसहित टोकन अफ एप्रिसियसन प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले गैरआवासीय नेपालीहरूको क्षमता र प्रतिभालाई नेपालको सर्वाङ्गीण विकासमा उपयोग गर्दै विदेशमा रहेका नेपालीहरूको हितलाई संरक्षण गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघको स्थापना गर्ने अभियानको थालनी गर्दाकै दिनदेखि नेपाल उद्योग वाणिज्य महासंघले हाम्रा अग्रजहरूसँग निरन्तर सहयोग गर्दै अएको स्मरण गरेका थिए । गैरअवासीय नेपाली संघ नेपालमा दर्ता हुन लामो समय लागेको सन्दर्भमा महासंघले प्रदान गरेको संरक्षण र सहयोगप्रति अध्यक्ष भट्टले कृतज्ञता प्रकट गरे । सचिवालय सञ्चालनका लागि भवन तथा वित्तिय कारोवारमा सहकार्य गरी महासंघले एनआरएन अभियानलाइ थप योगदान पुर्याएको उल्लेख गरे ।

सन् २००३ देखि महासंघको भवनमा एनआरएनए सचिवालय रहँदै अएको थियो। सन् २०१३ अक्टोवरमा नेपाल सरकार परराष्ट्र मन्त्रालयबाट संघ विधिवत रुपमा दर्ता भएपछि बालुवाटारमा आफ्नो भवन निर्माण कार्य अगाडि बढ्न सकेको अध्यक्ष भट्टले जानकारी दिए ।

bhaban-and-bhawani

महासंघको संरक्षकत्वमा रहेको सचिवालय सार्दा एकतर्फ न्यास्रो लागेको र अर्कोतर्फ हाम्रो उन्नतिको नयाँ पाइला टेक्न सफल भएकोमा गौरवको अनुभूति समेत हुन गएको उनको भनाइ थियो। नेपाल उद्योग वाणिज्य महासंघको यस प्रकारको निस्वार्थ सहयोग र संरक्षकत्वले संघको विगत १४ वर्षको लामो यात्रालाई अविस्मरणीय योगदान पुर्याकएको अध्यक्ष भट्टले बताए । सहयोग, सद्भाव र सहकार्यका लागि एनआरएनए नेपाल उद्योग वाणिज्य महासंघप्रति सधैँ आभारी रहने भन्दै उनले भविष्यमा महासंघसँगको सहकार्य अझ प्रगाढ र घनिभूत रहिरहने विश्वास व्यक्त गरे ।

अध्यक्ष भट्टले आर्थिक समृद्धिका लागि दुवै संस्था मिलेर लगानीको क्षेत्रमा सहकार्य गर्ने बताउँदै लगानीका क्षेत्र पहिचान गर्न निकट भविष्यमा नै एक लगानी सम्बन्धी कार्यशाला गोष्ठी आयोजना गर्ने जानकारी दिए ।

महासंघका अध्यक्ष भवानी राणाले गैरआवासीय नेपाली संघसँग सहकार्य गर्न पाएकोमा संघप्रति आभार प्रकट गर्दे भविष्यमा यस सहकार्यलाई अझ दिगो पार्दै लैजाने बताए । आगामी दिनहरुमा दुवै संस्थाहरुले आर्थिक तथा सामाजिक क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्नु पर्ने उनको भनाइ थियो। आफ्नै भवनमा सर्ने तयारीमा रहेको एनआरएनएलाई उहाँले उन्नति र प्रगतिको लागि शुभकामना व्यक्त प्रदान गरिन् ।

कार्यक्रममा नेपाली उद्योग वाणिज्य महासंघ र एनआरएनए अध्यक्ष लगायत महासंघका उपाध्यक्षद्वय उमेश लाल प्रधान र चन्द्र प्रसाद ढकाल, गैरआवासीय नेपाली संघका सचिव डि।बी क्षेत्री, महिला संयोजक रजनी प्रधान, युरोपका उपक्षेत्रीय संयोजक गोविन्द प्रसाद गौंतम,युकेका आइसिसि सदस्य शान्ति कुवँर थापा, युएसएका गैरआवासीय नेपाली शिशिर भट्ट, महासंघका महासचिव सुरेशमान श्रेष्ठको सहभागिता रहेको थियो।

वि.सं.२०७४ मंसिर १२ मंगलवार ०८:४४ मा प्रकाशित

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र...

देशका केही स्थानमा आकस्मिक बाढीको जोखिम, सतर्कत रहन आग्रह

देशका केही स्थानमा आकस्मिक बाढीको जोखिम, सतर्कत रहन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भाग...

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

बागमती । हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित...

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा...

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...