१२ मंसिर, काठमाडौं । सिटिजन्स बैंकले अष्ट्रेलियन डलरको कारोबार सुरु गरेको छ ।
बैंकले आफ्ना ग्राहकहरुको सुविधाको लागि उक्त कारोबार सुरु गरेको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
बैंकले आफ्ना ग्राहकरुलाई सेवा दिने क्रममा अष्ट्रेलियाको स्टेट अफ बैंक इन्डिया, सिड्नीमा आफ्नो अष्ट्रेलियन डलर खाता खोली अष्ट्रेलियन डलरको कारोबार सरल रुपमा सुचारु गरेको जानकारी गराएको छ ।
यो सेवाबाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विधार्थीहरुलाई सुविधा पुग्ने र अष्ट्रेलियामा बस्ने नेपालीहरुलाई पनि विश्वसनिय र सरल ढङ्गले बैङ्किग कारोबार गर्न सहज हुने पनि बैंकले जनाएको छ । साथै भविष्यमा पनि बैंकले यस किसिमका सुबिधाहरु आफ्ना ग्राहकवर्गलाई सहज रुपमा उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।