back
CTIZAN AD

नेपालमा ४४ हजार क्षयरोगी, १२ हजार सम्पर्क बाहिर

वि.सं.२०७४ मंसिर १३ बुधवार

894 

shares

tb-rog भक्तपुर । नेपालमा ४४ हजार क्षयरोगी छन् । तीमध्ये ३२ हजार बिरामी मात्र स्वास्थ्य परीक्षणका लागि सम्पर्कमा रहेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । टिबीका बिरामीको अवस्था पत्ता लगाउन डब्लुएचओले सन् २०१६ का लागि गरेको सर्वेक्षणानुसार ४४ हजार बिरामी हुनसक्ने अनुमान गरिए पनि १२ हजार बिरामी अझै सम्पर्कमा नआएको क्षयरोग केन्द्रका परामर्शदाता छाती विशेषज्ञ डा नवीनप्रकाश शाहले जानकारी दिनुभयो ।

दुई वर्षदेखि सम्पर्कमा आएका बिरामीको रोग निको हुँदै गएर सङ्ख्या घटे पनि सम्पर्कमा नआएका अन्य बिरामीका कारण यस वर्ष टिबी रोगीको सङ्ख्या यकिन गर्न सकिने अवस्था नरहेको शाहले बताउनुभयो । डा शाहका अनुसार डब्लुएचओले दुई वर्षअघि गरेको तथ्यांकका आधारमा प्रत्येक दिन १२० नयाँ रोगी भेटिने गरेको र २० जनाको मृत्यु हुन सक्ने अनुमान छ । नेपालमा जटिल प्रकारको डगेस्ट्रेड टिबीका बिरामी मात्र एक हजार १०० रहेको अनुमान छ । तीमध्ये ३५२ जना मात्र सम्पर्कमा आएका छन् ।

डट्स सेन्टरमा उपचारका लागि आउने सबै टिबीका रोगीको उपचार निःशुल्क हुने गरेको छ । नेपालमा चार हजारभन्दा बढी डट्स सेन्टर रहेको क्षयरोग केन्द्रले जनाएको छ । टिबीका बिरामीको अवस्थानुसार इन्टेन्सिफ चरण र कन्टिडियसन चरण गरी विधिअनुसार उपचार गरिने डा शाहले बताउनुभयो । इन्टेन्सिफ चरणअन्तर्गत नयाँ बिरामीको दुई महिनासम्म र कन्टिडियसन चरणका बिरामीका लागि चार महिनासम्म उपचार गर्नुपर्ने हुन्छ । क्षयरोग फोक्सो र फोक्सोबाहेक शरीरका अन्य भागमा गरी दुई किसिमले लाग्छ ।

वि.सं.२०७४ मंसिर १३ बुधवार ०८:५५ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...