back
CTIZAN AD

‘नेपाल आइडल’भन्दा कम छैन ‘लैबरी सिङगिङ स्टार’को सेट

वि.सं.२०७४ मंसिर १४ बिहीवार

1.1K 

shares

laibari-2नेपाल आइडलको चर्चा र क्रेज कम हुन नपाउँदै अर्को नयाँ गायन रियालिटी शो ‘लैबरी सिङगिङ स्टार’को चर्चा सुरु हुन थालेको छ । सनसाइन प्रोडक्शन हाउसले आयोजना गरेको ‘लैबरी सिङगिङ स्टार’ को चार राउन्डको अडिसन सम्पन्न भइसकेको छ । स्कूलमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गरिएको यस गायन प्रतियोगीतालाई स्तरिय बनाउन कनै कसुर बाँकी नराखेको आयोजक संस्थाकी अध्यक्ष प्रमिला तामाङले जानकारी दिइन् ।

laibari1

पुष पहिलो साताबाट टेलिभिजनमा प्रशारण हुने तयारीमा रहेको यस प्रतियोगीतामा विभिन्न जिल्लाका बाल–बालिकाहरु सहभागी भएका छन् । गायिका समेत रहेकी तामाङले भनिन्, ‘बाल–बालिकाहरुमा लुकेर बसेका प्रतिभालाई बाहिर ल्याउन लैबरी सिङगिङ स्टार आयोजना गरेका हौं । ‘नेपाल आइडल’लाई टक्कर दिनका लागि हामीले यो गायन प्रतियोगीता सुरु गरेका भने होइनौं । बाल–बालिकाका लागि नेपालमा खासै स्तरिय गायन रियालिटी शो आयोजना हुने नभएका कारण हामीले यो प्रयास थालेका हौं ।’

laibari3

उनले ‘लैबरी सिङगिङ स्टार’ का लागि विदेशका च्यानलका सेटजस्तै नेपालमा पनि सेट बनाएको बताइन् । ८ जिल्लाबाट आएका विद्यार्थीहरुले अहिले काठमाडौंमा बसेर भोकल क्लाससँगै ‘लैबरी सिङगिङ स्टार’ को स्टेजमा आफ्नो प्रतिभा प्रस्तुत गरिरहेका छन् ।

वि.सं.२०७४ मंसिर १४ बिहीवार ०४:१७ मा प्रकाशित

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...