back
CTIZAN AD

बागलुङमा  एघार स्वास्थ्य संस्थाका भवन बन्दै

वि.सं.२०७४ मंसिर १९ मंगलवार

780 

shares

१९ मंसिर, बागलुङ । यस वर्ष ११ स्वास्थ्य संस्थाका नयाँ भवन बन्ने भएका छन् ।

बागलुङ नगरपालिका– १३ पैयुँपाटा र बढीगाड गाउँपालिकाको ग्वालीचौरमा प्राथमिक स्वास्थ्य अस्पताल र बाँकी नौ स्वास्थ्यचौकीका भवन बन्ने भएका हुन् । भीमगिठे, दगातुम्डाँडा, मालिका, पैयुँथन्थाप, भीमापोखरा, अर्गल, अमरभूमि, दर्लिङ र नारायणस्थानमा स्वास्थ्यचौकी भवन बन्नेछन् ।

शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङका अनुसार भवन निर्माणको काम अघि बढाइएको छ । प्राथमिक स्वास्थ्य अस्पताल न्यूनतम १५ श्ययाको बन्ने कार्यालय प्रमुख प्रकाश अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो र चालु आवमा गरी जिल्लाभर ३७ स्वास्थ्य संस्थाका नयाँ भवन बन्ने प्रक्रिया अघि बढेको छ ।

स्वास्थ्य मन्त्रालयअनुसार चालु आवमा बन्ने भवन शहरी विकास तथा भवन डिभिजन कार्यालयअन्तर्गत निर्माण हुनेछन् । भवन निर्माणका लागि जग्गा व्यवस्थापनको काम भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । नयाँ बन्ने भवन ‘एकीकृत डिजाइन’ का बन्ने वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकप्रसाद तिवारीले बताउनुभयो ।

जिल्लाका सबै उपस्वास्थ्य चौकीलाई स्वास्थ्यचौकीमा स्तरोन्नति गरेसँगै सोहीअनुसार पूर्वाधार निर्माणको कामले तीव्रता पाएको हो । “सबै स्वास्थ्यचौकीका नयाँ भवन बन्छन्, कतिपय निर्माणको अन्तिम चरणमा छन्”, प्रशासक तिवारीले भन्नुभयो ।

उहाँका अनुसार केही ठाउँमा जग्गा व्यवस्थापनमा भएको ढिलाइले निर्माण प्रभावित भएको छ । हटिया, सिगाना, लेखानी र बोङ्गादोभान स्वास्थ्यचौकीको भवन निर्माणको अन्तिम चरणमा पुगेको भवन डिभिजन कार्यालयले जनाएको छ । यस्तै अर्जेवा, हिल, बोवाङ, पाण्डवखानी, भकुण्डे, अमलाचौर, रायडाँडा र दमेक स्वास्थ्यचौकीको भवन निर्माणाधीन छ । ताराखोला, निसी, राजकुत र जलजला स्वास्थ्यचौकीको बोलपत्र आह्वान भएर सम्झौताको चरणमा रहेको जनाइएको छ ।

अमरभूमि, तित्याङ, छिस्ती, पाला र सुखौरामा सबै प्रक्रिया पूरा भई निर्माण शुरु हुने क्रममा रहेको कार्यालयले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले माग र आवश्यकतानुसार प्राथमिकतामा परेका स्वास्थ्य संस्थाका भवन बनाउन अनुमति दिने गरेको छ । पुराना र अस्थायी प्रकृतिका संरचनाबाट चलेका स्वास्थ्य संस्था आधुनिक र सुविधा सम्पन्न भवनबाट चल्ने वातावरण बन्दै गएको छ ।

भौतिक पूर्वाधारसँगै सेवाको गुणस्तर बढाउने काम पनि सँगसँगै गरिएको जनस्वास्थ्य प्रशासक तिवारीले बताउनुभयो । स्वास्थ्य संस्थाका भवनसँगै स्वास्थ्यकर्मीका लागि आवास गृह निर्माणको प्रक्रिया पनि अघि बढेको छ । कुश्मिसेरा र गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा १२ परिवारका लागि आवास गृह बन्ने भएको छ ।

वि.सं.२०७४ मंसिर १९ मंगलवार ०७:०० मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...